प्रस, वीरगंज, १८ भदौ/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्मित मन्दिर र विवाह भवनको शनिवार उद्घाटन गरेका छन् ।

वनमन्त्री यादवले वीरगंज–१५ स्थित भिस्वामा निर्मित शीतलामाई मन्दिरको उद्घाटन गरेका हुन् ।

त्यसैगरी, मन्त्री यादवले सोही वडाको भिस्वा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गरेका थिए ।

मन्दिर निर्माणपश्चात् मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरूलाई पूजा अर्चनामा सहजता हुने मन्त्री यादवले बताए ।

उनले विवाह भवनमा स्थानीयहरूलाई विवाहलगायतका धार्मिक, सांस्कृतिक र पारम्परिक कार्यक्रमहरू गर्न आग्रह

गरे ।

मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उनका स्वकीय सचिव घनश्यामबाबू गुप्ताले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पर्साका प्रमुख निरञ्जन साह सोनार, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वडाध्यक्ष रमेश यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here