प्रस, वीरगंज, १८ भदौ/

सेभ सोइल अर्थात् माटो जोगाऔं अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ ।

अभियानका लागि नेपाल आएका प्रसिद्ध सद्गुरुलाई वन तथा वातावरण मन्त्री प्रदीप यादवले मन्त्रालयको तर्फबाट जारी गरिएको पत्र हस्तान्तरण गरेर अभियानसँग ऐक्यबद्धता जनाएका हुन् ।

ललितपुर जिल्लाको गोदावरीमा शुक्रवार साँझ आयोजित कार्यक्रममा वनमन्त्री यादवले माटो जोगाऔं अभियानका लागि सद्गुरुले गरेको तीस हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा तीस हजार बिरुवा रोप्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफु निकै खुशी भएको मन्त्री यादवले बताए । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सद्गुरु जग्गीले चलाएको महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो ।

सद्गुरुलाई मन्त्री यादवले ऐक्यबद्धता पत्रका साथै दुर्लभ एक सिङ्गे गैंडाको मूर्ति पनि उपहार प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here