प्रस, वीरगंज, १७ भदौ/
वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा मध्यराति चोरहरू चहलपहल बढेको छ।
शुक्रवार बिहान पौने १ बजेतिर दुईजना चोर वडाध्यक्ष रमेश यादवको घरदेखि दक्षिणतर्फको टोलका चार/पाँच वटा घरको वरिपरि चोरहरू देखिएको स्थानीयवासीले बताए। चोरहरू स्थानीय दीपेन्द्र यादवको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गर्न खोजेका थिए। यादवको घरअगाडि मोटरसाइकल पार्किङ गरिराखेको कारण चोरहरूले चोरीको प्रयास गरेको सिसिटिभीमा देखिन्छ।
सो ठाउँमा यसभन्दा पहिले पनि दुई/तीन पटक चोरहरूले चोरी गर्ने प्रयास गरिसकेको र स्थानीयहरूले थाहा पाएपछि भगाएका थिए। वीरगंजमा मोटरसाइकल चोरीका घटना बढिरहेको हुनाले चोरहरू मोटरसाइकल चोर्ने उद्देश्यले आएको हुन सक्ने यादवले बताए। प्रहरी प्रशासनको फितलो गस्तीका कारण रातिपख चोरहरू अहिले वीरगंजमा सक्रिय भएका छन्। यस क्ष्Fेत्रमा चोरीका घटना हुन नदिन वडाध्यक्षले ठोस कदम चाल्नुपर्ने स्थानीयवासीको भनाइ छ।