प्रस, सिम्रौनगढ, १७ भदौ/
सिम्रौनगढ नगरपालिकामा शुक्रवारदेखि प्रमुख प्रशासकीय अधिकृत पदमा दिनेशप्रसाद न्यौपानेले कार्यभार सम्हालेका छन्।
कार्यभार सम्हाल्दै उनले सिम्रौनगढ नगरपालिकाको चौतर्फी विकासको लागि सहयोग गर्ने बताए। उनले जनप्रतिनिधिहरूको विकास योजनालाई कार्यान्वयन गर्न सहयोग पु–याउने बताए। सिम्रौनगढको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको प्रवद्र्धन र विकास गर्न सबै पक्षसँग सहकार्य गरी कार्यक्रम अगाडि बढाइने बताए। कर्मचारी र जनप्रतिनिधिबीच सुमधुर सम्बन्ध कायम गरी यस क्षेत्रका जनताको लागि सुशासनको अनुभूति दिलाउन आफ्नो प्रयत्न रहने उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत न्यौपाने उपसचिव स्तरका कर्मचारी हुन् र उनी यसभन्दा अघि दमक नगरपालिकामा कार्यरत थिए।