प्रस, परवानीपुर, १७ भदौ/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफ्नो सिको गरेको बताएका छन्। महानगरपालिकामा निर्वाचित भएर आएको सय दिनको कार्यावधि एवं उपलब्धि सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

वीमनपाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीको प्रश्नमा भने, “काठमाडौंका प्रमुखजस्तै आफूले यहाँ गर्नुपर्दैन। हामी अर्काको नक्कल गर्दैनौं। बरु बालेनले मेरो नक्कल गरिरहेका छन्। शुरूमैं मैले वीरगंजको नाला अतिक्रमण, फूटपाथ अतिक्रमण हटाएँ र त्यसैको सिको अहिले बालेनले गरिरहेको छ।”

उनले वीरगंजका पत्रकारहरूले वीमनपाले गरेका राम्रF कामको प्रचार कहिल्यै गर्दैनन्, राम्रFे काम गर्ने बित्तिकै प्रश्न तेस्र्याउने गरेको आरोप लगाए। वीरगंजको मुख्य सडकखण्ड सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेको र टुङ्गो नलागेसम्म आफूले केही गर्न नसक्ने बताउँदै वीरगंजको माईधिया पोखरी, हजारीमल धर्मशाला, नगरसभा गृह, स्वीमिङपुललगायतका सार्वजनिक सम्पत्तिहरूको संरक्ष्Fण पनि आफ्नो मुख्य एजेन्डा रहेको बताए।

उनले निर्वाचित भएर आएपछि प्रस्तुत गरेको २४ बुँदे फेहरिस्तमा वीमनपाको सरसफाइ र फोहर व्यवस्थापन, घूसखोरी नियन्त्रण, घण्टाघरको सडक मरम्मत, गहवामाई मन्दिरको सडक आधुनिकीकरण, सरसफाइको काम वडास्तरबाट विकेन्द्रीकरण गरिएको, घरनक्शा पास शाखामा भइरहेको ढिलाइको बारेमा व्यवस्थापन मिलाइएकोलगायतका कामहरू गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए। उनले आफू जितेपछि सम्पत्तिकर, सवारीकर, पिठियाकरलगायतका करको दर घटाएर जनतालाई राहत दिएको बताए।

नगरप्रमुखमा जितेपछि आफ्नो फोन नउठ्ने गरेको भन्ने प्रश्नमा उनले व्यस्तता बढेकोले उत्ति नै खेर फोन नउठाउने गरेको तर पछि कलब्याक गर्ने गरेको दाबी गरे। युवाहरूको मतबाट विजयी भएपछि युवाहरूको लागि सय दिनमा के गर्नुभयो ? भन्ने प्रश्नमा उनले युवाहरूलाई रोजगारको लागि वीमनपाले रणनीति बनाएर अगाडि बढेको दाबी गरे। वीमनपाको सेवा चुस्तदुरुस्त बनाउन वीमनपामा ईहाजिरीको व्यवस्था गरिएको, हरेक शाखामा इन्टरकम फोन सेवा, कर्मचारीहरूलाई समयमा कार्यालय आउन निर्देशन दिएको, सेवाग्राहीहरूको लागि कार्यालयलाई वातानुकूलित गरिएको,  नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सूची अनुसार १० हजार घरेलु मिटरमा अधिकतम ३० युनिट र महानगरभित्रका ४७० कृषिमिटरको भुक्तानी महानगरले गर्ने निर्णय गरेको उनले बताए।

त्यसैगरी, वीमनपाको लागि पाएको दुई हजार ७७१ बोरा रासायनिक मलमा १० हजार बोरा मल बढाउन गृहकार्य गरेको र जसमध्ये छ हजार बोरा वितरण भएको र चार हजार बोरा केही दिनमा वितरण गर्ने, साल्ट टे«डिङबाट थप दुई/दुई हजार बोरा डिएपी र युरिया मलको कोटा बढाएको उनले बताए।

उनले विन्ध्यवासिनीमाई मन्दिर र लक्ष्मणवास्थित नृसिंह मठलाई व्यवस्थित गर्ने कार्ययोजना अगाडि बढाएको बताए। वीरगंजको बाइपास सडकखण्डमा दुई हजार सात सयवटा बिरुवा रोपण गरेको चर्चा गर्दै विद्यार्थीहरूले छात्रवृत्तिमा भोग्दै आएको समस्यामा जुन क्याम्पसमा विद्यार्थी अध्ययनरत छन्, सोही क्याम्पसलाई छात्रवृत्ति वितरणको जिम्मा दिएको उनले बताए। साथै कक्षा ९ र ११ को छात्रवृत्तिको लागि महानगरपालिकाले परीक्षा लिने र अन्यको हकमा विद्यालयले नै परीक्षा लिएको आधारमा छात्रवृत्ति दिने व्यवस्था मिलाएको उनले बताए।

वीमनपाभित्र सञ्चालित संस्थागत विद्यालयले चर्को शुल्क लिइरहेको अवस्थामा शिक्षा समितिलाई पूर्णता दिएर विद्यालय स्तरीकरण तथा शुल्क निर्धारण उपसमिति गठन भएको र भौतिक पूर्वाधार र अन्य कुराको आधारमा शुल्क निर्धारण गर्ने काम अघि बढेको र त्यसपछि उक्त समस्या पनि समाधान हुने उनले बताए।

वीमनपाभित्र २८७ शिक्षकको अभाव पूर्ति गर्न शिक्षा मन्त्रालयसँग पहल गर्ने, स्वास्थ्यकर्मीको हकमा एमबिबिएस चिकित्सक, स्टाफ नर्स तथा अनमीसहितको टोली नगरप्रमुख घरदैंलो स्वास्थ्य कार्यक्रम अन्तर्गत वीमनपाका हरेक वडामा पठाइने व्यवस्थापन मिलाउँदै गरेको उनले बताए। उनले घरनक्शा पासका लागि समस्या भइरहेको बताउँदै हजार वर्गमिटर क्ष्Fेत्रफलको घरको नक्शापास वडाबाट गरिने बताए।

उज्यालो वीरगंज कार्यक्रम अन्तर्गत बिग्रिएका सडक बत्तीको मरम्मत, आवश्यक स्थानमा सिसिटिभी जडान, फोहर व्यवस्थापनको लागि ल्यान्डफिल र नयाँ उपकरण जडानको काम अघि बढाइएको उनले बताए। वीरगंजको ट्राफिक समस्या समाधानको लागि सिटी राइड, म्याजिक भ्यानको पार्किङ बसपार्कमा गर्ने, ईरिक्शालाई महानगरमा दर्ता गर्नुका साथै रूट निर्धारण गर्ने काम अगाडि बढेको बताए।

नगरप्रमुखमा जितेपछि पूर्वनगरप्रमुखलाई जेलमा हाल्छु भन्नुभएको थियो, कहिले जेल हाल्नुहुन्छ भन्ने प्रश्नमा उनले त्यसबारेमा सम्बन्धित निकायले छानबीन गरिरहेको र दोषी देखिएमा अवश्य नै  जेल जाने भन्ने जवाफ दिए।

नगरप्रमुख सिंहको अध्यक्ष्Fतामा भएको पत्रकार सम्मेलनमा उपप्रमुख इम्तियाज आलमले न्यायिक समितिको गतिविधिबारे जानकारी गराएका थिए। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here