बलिराम शुक्ला, बिरुवागुठी, १५ भदौ/

राष्ट्रिय भूमि आयोग पर्साले बिहीवारबाट पर्सागढी नगरपालिकामा जग्गाको नापनक्शा शुरू गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं २ छतवन टाँडी कटानी गाउँमा रहेको दलित सुकुमबासी तथा अव्यवस्थित जग्गाहरूको नापनक्शा कार्यको उद्घाटन पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठक र आयोग पर्साका अध्यक्ष तबरेज अहमदले संयुक्तरूपमा डिजिटल प्रविधि मेशिनको स्विच थिचेर शुरू गरेका हुन् ।

नापनक्शाको शुरू गर्दै भूमि आयोगका अध्यक्ष अहमदले दलित सुकुमबासीहरूको ४० वर्षभन्दा बढी  पुराना अव्यवस्थित जग्गाहरूको समस्या अब समाधान हुने बताए । यसैगरी, नगरप्रमुख पाठकले आफू निर्वाचित भए लगत्तै भूमि आयोगसँग सहकार्य गरी नापनक्शाको कार्य अगाडि बढाएको र नापनक्शा कार्यमा नगरपालिकाले हरसम्भव सहजीकरण गरिरहेको बताए ।

नापनक्शा कार्यक्रममा नापी कार्यालय, पर्साका प्रमुख नारायण श्रेष्ठ, भूमि आयोग पर्साका सदस्यहरू, पर्सागढी नगरपालिका वडाध्यक्षहरू शेख खुर्सेद, राजकपूर खवास, वीरेन्द्रप्रसाद महतोलगायत स्थानीयवासीहरूको सहभागिता थियो । नापनक्शा शुरू भएपछि स्थानीयहरू खुशी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here