नितेश कर्ण, वीरगंज, १० भदौ/

बारा जिल्लामा आव २०७७/७८ को तुलनामा २०७८/७९ मा वनसम्बन्धी मुद्दामा कमी आएको छ । डिभिजन वन कार्यालय, बाराका प्रमुख वन अधिकृत विनोद सिंहले आव २०७७/७८ मा वनसम्बन्धी ४८ वटा मुद्दा दर्ता भएकामा आव २०७८/७९ मा ४३ वटा मुद्दा दर्ता भएको बताए ।

उनले आव २०७७/७८ मा ७७ जना प्रतिवादी पक्राउ परेको र १०३ जना फरार रहेको बताए । यसैगरी, सो वर्ष सालको काठ १२२ थान (५८६.७३ क्युफिट), चिरान साल ९३ थान (९२.१७ क्युफिट), सिसौं दुई थान (६.०६ क्युफिट) र बाझी दुई थान (८.३३ क्युफिट) काठ बरामद भएको बताए ।

सो वर्ष ९१ वटा साइकल, २८ वटा बन्चरो, १२ वटा आरा, एउटा रेती, तीनवटा खुर्पा, एउटा पिकअप गाडी नियन्त्रणमा लिएको र २९ लाख ६० हजार ५६४ धरौटी रकम जम्मा भएको बताए ।

आव २०७८/७९ मा ५८ जना प्रतिवादी पक्राउ परेको, ५९ जना फरार रहेको तथा सालको गोलिया ८० थान (२६५.५२ क्युफिट), चिरान साल १७२ थान (१०९.२४ क्युफिट), टिक चार थान (१६.४२ क्युफिट), सिसौं १२ थान (७५.३० क्युफिट), खयर एक थान (३.६ क्युफिट), सतिसाल दुई थान (१.६८ क्युफिट) र कुकाठ दुई थान (१.६० क्युफिट) बरामद भएको बताए ।

सो वर्ष ६८ वटा साइकल, २२ वटा बन्चरो, ९ वटा आरा, एउटा खुर्पा, एउटा मोटरसाइकल, टे«लरसहित ट्याक्टर र एउटा स्कूटी बरामद भएको तथा २६ लाख ७४ हजार २५५ रुपैयाँ धरौटीबापत जम्मा भएको जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here