चिरञ्जीवी सापकोटा, ठोरी, १० भदौ/

ठोरी गाउँपालिका वडा नं १ मा जारी तीज कप नकआउट फूटबल प्रतियोगिताको दोस्रो चरणको पहिलो  दिनको खेलमा हरियाली युवा क्लब, निर्मल समाज युवा क्लब र जनकल्याण तमु समाज क्लब, माडी विजयी भएका छन् ।

पहिलो खेलमा हरियाली युवा क्लबले सनराइज युवा क्लबलाई पराजित गरेको थियो । निर्धारित समयमा दुवै टीमले १/१ गोल गरेपछि टाइब्रेकरमा हरियाली विजयी भएको हो । पहिलो खेलको ‘म्यान अफ दी म्याच’ हरियालीका गोलरक्षक रोशन तिमल्सिना घोषित भए ।

दोस्रो खेलमा निर्मल समाज युवा क्लबले रेडहिल युनाइटेडलाई २–० गोल अन्तरले पछि पार्दै विजयी भएको हो । यस खेलमा निर्मल समाजका गोलरक्षक प्रकाश लामा ‘म्यान अफ दी म्याच’ घोषित भए ।

तेस्रो खेलमा आयोजक निर्मल समाज क्लब ‘बी’लाई जनकल्याण तमु समाज माडीले ०–७ गोल अन्तरले पराजित ग¥यो । यस खेलको ‘म्यान अफ दी म्याच’ आशिष गुरुङ घोषित भए ।

भोलिको पहिलो खेल थ्रीस्टार युवा क्लब, ठोरी र युवा दर्शन क्लब, माडी, दोस्रो खेल सुवर्ण युवा क्लब, सुवर्णपुर र वनशक्ति युवा क्लब, ठोरी तथा अन्तिम खेल युनिक युनाइटेड र वनदेवी युवा क्लबबीच हुने आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here