ओमप्रकाश चौधरी, सेढवा, ९ भदौ/

पटेर्वासुगौली गाउँपालिका–३ को तीनवटा टोल दश महीनापछि उज्यालो भएको छ ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रलाई ३८ लाख बक्यौतामध्ये २२ लाख ५५ हजार तिरेर आजदेखि टोललाई उज्यालो पारिएको गापा अध्यक्ष्F दिनेशकुमार चौधरीले बताए ।

उनले विद्युत् उपभोक्ता समितिको नाममा ३८ लाख बक्यौता रहेको र सो नतिर्दा तीनवटा टोल अध्यारोमा दश महीना बस्नुपरेको भन्दै उनले बक्यौतामध्ये बाँकी रकम पनि तिर्न गापाले सहयोग गर्ने बताए ।

ऊर्जा मन्त्रालयसँगको विशेष पहलमा समितिको नाममा जडान गरिएको मास्टर मिटर हटाएर विद्युत् प्राधिकरणले व्यक्तिविशेषको नाममा मिटर जडान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here