कोही व्यक्ति निकै लोभी हुन्छ र कसैको घर अथवा पसलमा पुगेपछि सानातिना चोरी गर्ने गर्छ । यस्तो चोरी गर्ने बानी मानसिक रोग हुन सक्छ । क्लेप्टोमेनिया यस्तै दुर्लभ रोग हो, जसले मानिसलाई सानोतिनो चोरी गर्न उक्साउँछ । यो एउटा मेन्टल हेल्थ डिसअर्डर हो, जसमा व्यक्ति आफ्नो भावना र व्यवहारमाथि नियन्त्रण राख्न सक्दैन । यस इम्पल्स कन्ट्रोल डिसअर्डरमा चोरीजस्तो अरूलाई नोक्सान पु¥याउने काम गर्दा मान्छेलाई खुशी लाग्छ । क्लेप्टोमेनिया सिन्ड्रोम कमै व्यक्तिमा हुन्छ । यस्तो रोगको कारण रोगी निर्लज्ज हुनुपर्नेबारे सोच्दैन ।

मायो क्लिनिक डट कम अनुसार यस रोगको सही उपचार छैन तर औषधि र कुराकानीबाट यसलाई नियन्त्रित गर्न सकिन्छ ।

लक्षणः अनावश्यक वस्तु चोर्ने बानी, चोरी गर्नुभन्दा पहिले प्लान वा चिन्ता महसूस गर्नु, चोरी गर्ने बेला खुशी र राहत हुनु, चोरीपछि डर, लाज र चिडचिडाउनु, पसल वा साथीको घरमा सामान चोरी गर्नु, चोरीको सामान फर्काउने, फाल्ने वा अरूलाई दिनेजस्तो लक्षण देखिन्छ ।

चोरी गर्ने बानीः चोरी गर्नाले न्यूरोट्रान्समिटर डोपामाइन रिलिज हुन्छ । यो डोपामाइनले मनमा कुनै जीत वा पुरस्कार पाउने खुशी उत्पन्न गर्छ, जसको कारण समयसँगै व्यक्ति क्लेप्टोमेनियाक बन्छ । परिवारका कुनै सदस्यमा यस्तो डिसअर्डर भएपछि यो रोग अन्यमा पनि सर्न सक्छ ।

न्युरोट्रान्समिटर सेरोटोनिनको कमीः मस्तिष्कले केमिकल सेरोटोनिन मूड र इमोसन्सलाई नियन्त्रण गर्न मदत गर्छ । सेरोटोनिनको कमी क्लेप्टोमेनिया सिन्ड्रोमको कारण बन्न सक्छ ।

अन्य रोगः भनिन्छ बाइपोलर डिसअर्डर, एन्जाइटी डिसअर्डर वा पर्सनालिटी डिसअर्डर भएपछि पनि व्यक्ति क्लेप्टोमेनियक बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here