प्रस, सिम्रौनगढ, ६ भदौ/रासस

बाराको सिम्रौनगढनजीक सीमावर्ती भारतको घोडासहनमा रहेको भारतीय शहीद भगत सिंहको प्रतिमा दुई टुक्रा भएपछि राजनीतिक दलहरूले विरोध गरेका छन् ।

घोडासहन शहरको सौन्दर्यीकरण  गर्ने क्रममा प्रतिमा टुक्रिएको जनाइएको छ । शहीद भगत सिंहको प्रतिमाबाट टाउको अलग भएको छ ।

यसबारे स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले लापरवाही गरेको भन्दै स्थानीय प्रशासनको विरोध गरेका छन् ।

जनता दल युनाइटेडका नेता रामपुकार सिन्हा, भारतीय कम्युनिस्ट पार्टी मालेका नेता एनुल हक, माकपाका नेता अब्दुल्ल सलामले विरोध गरेका छन् । स्थानीय प्रशासनले प्रतिमा मजदूरद्वारा उठाउने क्रममा टुटेको र यसलाई पाँच दिनभित्र स्थापना गर्ने आश्वासन दिएपछि विरोध शान्त भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here