प्रस, वीरगंज, ४ भदौ/
पर्सागढी नगरपालिकामा लगाइएको कृष्णाष्टमी मेलामा झडप भएको छ । कृष्णाष्टमीको अवसरमा तीन दिने मेला लगाइएको थियो । मेलाको अन्तिम दिन समितिले जग्गाको मूल्य बढी लिएको विषयमा बहुदरमाई नगरपालिकाका मिठाइ पसलेसँग झगडा भएको बताइएको छ ।
जन्माष्टमीको अवसरमा लागेको मेलामा समितिले व्यापारीहरूसँग अनधिकृतरूपले रकम उठाएको आरोप लाग्दै आएको छ । यसैगरी मेलामा स्वयंसेवक कुश्ती खेलाडीहरूको खर्च भनेर प्रत्येक वर्ष रकम हिनामिना हुने गरेको आरोप पनि छ ।
समितिले मेलामा सङ्कलित रकम सार्वजनिक नगर्दा आर्थिक अनियमितताको आरोप लाग्ने गरेको हो । बढनियार प्रहरी चौकीले आर्थिक कारोबारको विषयमा कुनै जानकारी नभएको बताएको छ ।