मोगादिसु, ४ भदौ/एपी

यहाँस्थित हयात होटलमा आतङ्कवादी समूह अल–सबाबले गरेको आक्रमणमा राजधानीको एक होटलमा बन्दूकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौं घाइते भएका छन् ।

घटनास्थलबाट बालबालिकासहित अन्य धेरैको उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । हतियार बोकेका अल–सबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नु अघि बाहिर विस्फोटसँगै आक्रमण शुरू गरेका थिए । शनिवार बिहान पनि बन्दूकको आवाज सुनिएको थियो ।

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेको भए पनि त्यहाँ कतिजना छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल–सबाबले आक्रमणको जिम्मेवारी लिएको छ । होटलको स्वागतकक्ष बाहिर भुईंमा धेरै शव देखेको उद्धार गरिएका एकजनाले बताएका छन् । आक्रमणमा मारिनेहरूको परिचय पनि खुलाइएको छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here