प्रस, निजगढ, ३१ साउन/

निजगढमा मङ्गलवार स्कूल बसले दुई वर्षीय बालकलाई किच्दा उनको घटनास्थलमैं मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा, सिम्रौनगढ नपा–२ स्थायी घर भई हाल निजगढ नपा–६ मा डेरा गरी बस्ने राकेशराय यादवका दुर्ई वर्षीय छोरा आयुष भनिने देवव्रत यादव रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । निजगढ नपा–६ पानीटङ्की सडकटोलमा बिहान करीब ९ बजे मृतक नाबालकका दाजु र दिदी अध्ययनरत विद्यासागर इग्लिश बोर्डिड्ढो प्रदेश–२–०३–००१क१०७३ नम्बरको बसमा चढेपछि उनीहरूलाई पच्छ्याउँदै आएका भाइ देवव्रतलाई चालकले नदेख्दा बस अघि बढाउने क्रममा पछाडिको टायरले किच्दा उक्त घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । मृतक बालकको शल्यपरीक्षणका लागि जिल्ला अस्पताल, कलैया लगिएको इप्रका, निजगढले जानकारी दिएको छ । बसका चालक र बसलाई भने इप्रका, निजगढका प्रहरी नायब निरीक्ष्Fक बैधनाथप्रसाद यादवको टोलीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here