प्रस, वीरगंज, २९ साउन/
प्रदेशसभा सदस्य रमेश कुर्मीले आइतवार श्रीसिया सुक्खा बन्दरगाहदेखि बिर्ता अपौनीसम्म सडक निर्माणको लागि शिलान्यास गरेका छन् ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार विकास कार्यालय, पर्साद्वारा श्रीसिया सुक्खा बन्दरगाहा, अठराहा सुगौली, बिर्ता अपौनीसम्म निर्माण हुने सडकको प्रदेशसभा सदस्य कुर्मीले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा कुर्मीले सडक निर्माण कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले सडक निर्माणको बेला कसैको अलिकति जग्गा सडकमा प¥यो भनेर विरोध नगर्न पनि आग्रह गरे ।
लालबाबूप्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा डा महेश्वरप्रसाद कुर्मी, पारसप्रसाद कलवार, विश्वनाथ राउत कुर्मीलगायतको सहभागिता थियो ।