मनिला, २९ साउन/सिन्ह्वा

फिलिपिन्समा पनि पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढेको छ । सङ्क्रमणमा परेर शनिवार मात्र ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

उनका अनुसार यहाँ शनिवार मात्र ४,६७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसमेत अहिलेसम्म ३८,२७,००० भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।

यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको अर्थात् ४० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।

गत जनवरी १५ मा ३९,००४ जनामा कोभिड सङ्क्रमण देखिएको थियो । यो एकै दिन भएको कोरोना सङ्क्रमणको सबैभन्दा धेरै सङ्ख्या हो । फिलिपिन्समा कोरोना शुरूभएदेखि हालसम्म यस सङ्क्रमणबाट ६०,९९२ जनाको मृत्यु भ्एको छ ।

यसैबीच मलेशियामा शनिवार रातिसम्म थप ४,३३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमणको कारण १० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण शुरू भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजारजनाको निधन भएको छ । त्यसैगरी अहिलेसम्म ४७,३२,००० भन्दा मानिसमा सो सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल यहाँ ४४,६१७ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ६८ जनाको सघन उपचार केन्द्रमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

पछिल्लो समय भेटिएका यी सङ्क्रमितहरू प्रायः सबैजसो देशभित्रैका रहेका बताइएको छ ।

मलेशियाली सरकारले कोरोनाविरुद्ध खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकोले यहाँका सङ्क्र्रमतिहरूमा मृत्युदर भने निकै कम रहेको पनि बताइएको छ  ।

यसैबीच पाकिस्तानमा शनिवार ५८१ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका र चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतवार जनाएको छ ।

मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार नयाँ सङ्क्रमणसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १५,६२,८८८ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ शुरू भएदेखि हालसम्म सङ्क्रमणबाट ३०,५२७ जनाको मृत्यु भएको छ । हाल यहाँ १७८ जना बिरामीको अवस्था गम्भीर रहेको जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here