राजेश केशरीवाल, रक्सौल, २७ साउन/

नेपाल–भारत सहयोग मञ्चको आयोजनामा शुक्रवार शङ्कराचार्य गेटमा मैत्री–सूत्र बन्धन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अध्यक्ष नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार बैदले यो वर्ष नेपाल–भारत सहयोग मञ्चको रजत महोत्सव भएकोले विभिन्न कार्यक्रम गरी मनाउँदै आएको बताए । उनले दुई देशबीचको सम्बन्ध पूर्वजको साक्षीको विरासत भएको र यो विश्वको लागि उदाहरणीय रहेको बताए ।

अध्यक्ष्F वैधले नेपाल–भारत सम्बन्ध गङ्गा नदी जस्तै पवित्र भएको र दुई देशबीचको सम्बन्धले दुनियाँभरिमा राम्रो सन्देश पुगेको बताए ।

कार्यक्रममा बिहारकी उपमुख्यमन्त्री रेणु देवी, सांसद सञ्जय जयसवाल, वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्राडा अनिल सिन्हा, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here