प्रस, वीरगंज, २१ साउन/

बाराको प्रसौनी गापाले चालू आवको लागि ४८ करोड ८६ लाखको बजेट ल्याएको छ । गत असार १० गतेभित्र बजेट पारित गरिसक्नुपर्नेमा विवादका कारण ढिलो गरी गापाले ११औं गाउँसभा गरेको छ ।

आज प्रसौनीस्थित गापाको सभाहलमा आयोजित गाउँसभामा गापाकी उपाध्यक्ष किरण देवीले रु ४८ करोड ८६ लाखको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक विकासलगायत क्षेत्रका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सातवटा वडा रहेको प्रसौनी गापामा अध्यक्ष, उपाध्यक्ष र तीनवटा वडामा नेकपा एमाले विजयी भएको छ । बाँकी चारवटा वडामा गठबन्धन दलहरूले जितेका छन् । गाउँसभाको लागि पटक–पटक बैठक राख्दा गठबन्धन दलबाट निर्वाचित चारजना वडाध्यक्षले सभा बहिष्कार गर्दै आएका थिए ।

अध्यक्ष, उपाध्यक्ष तथा तीनजना वडाध्यक्षविरुद्ध लागेर गाउँसभा  गर्न नदिई गाउँको विकासमा बाधक बन्न खोजेपछि अध्यक्ष विनोद जैसवालले  गणपूरक सङ्ख्या पु¥याएर नियम अनुसार गाउँसभा आह्वान गरेको बताए ।

उनले चुनावमा पराजित केही पुराना जनप्रतिनिधिहरूले षड्यन्त्र गरी आफूलाई काम गर्न नदिएको आरोप लगाए । उनले जनताको काम नभएमा भोलिका दिनमा आफूहरूसँग जनताले जवाफ माग्नेसमेत चिन्ता रहेकोले जसरी पनि गापाको विकासको साझा मुद्दामा गापालाई बन्धक नबनाइ एकजुट भएर विकासमा होमिन असन्तुष्ट वडाध्यक्षहरूलाई अपील गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here