नितेश कर्ण, वीरगंज, १९ साउन/

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीले वीरगंज महानगरपालिका–१६ मा सडक निर्माण कार्यको शिलान्यास गरेका छन् ।

वीरगंज महानगर–१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणको लागि बिहीवार मुख्यमन्त्री गद्दीले शिलान्यास गरेका हुन् । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत सडक शिलान्यास गर्दै मुख्यमन्त्री गद्दीले चालू आवमा कुनै पनि योजना रकम अभावमा अधूरो नरहने बताए । उनले वडा नं १६ का योजनाहरूलाई प्राथमिकतामा राखेर काम गरेको र नगवा युवा क्लबको भवन, मन्दिर, विद्यालय पनि निर्माण गर्ने आश्वासन दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य भीमा यादव, वीरगंजका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समिति, पर्साका सभापति अजय सर्राफ, पूर्वसभापति नेकमहम्मद अन्सारी, वडाध्यक्ष परशुराम चौरसिया, विजय यादवलगायत स्थानीयवासीको सहभागिता थियो । 

मधेस प्रदेशको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत वीरगंज कार्यालयको रेखदेखमा आगामी २०८०/९/८ गते यो सडकखण्डको निर्माण सम्पन्न हुने गरी शिवा कन्स्ट्रक्शन प्रFलि, काठमाडौंले छ करोड ५३ लाख ६८ हजारमा ठेक्का सकार गरेको छ ।

असार ९ गते यो ठेक्काको सम्झौता भएको र आज शिलान्यास भएको हो । वीरगंजको लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक निर्माण हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here