तेहरान, १५ साउन/सिन्ह्वा

अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।

रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा शहर, ५१६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म १,३३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ५,२१५ जनालाई खाना र वासको प्रबन्ध गरिएको, ९४४ जनाको उद्धार गरिएको छ ।

राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घ–सङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।

सङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here