प्रस, वीरगंज, ११ साउन/

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगरको तीन आर्थिक वर्षको बेरुजू रकम दुई अर्ब ६६ करोड ८४ लाख पुगेको छ ।

महालेखापरीक्ष्Fकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार वीरगंज महानगरपालिका कार्यालयको २०७८ असार ३१ गतेसम्म समाप्त आर्थिक कारोबारको लेखापरीक्षण गर्दा एक आर्थिक वर्षमा मात्र ७६ करोड २७ लाख बेरुजू रकम ठहर भएको छ । गत आर्थिक वर्षसम्म महानगरपालिकको बेरुजू रकम  एक अर्ब ९२ करोड रहेकोमा आव २०७५/७६, २०७६/७७ र २०७७/७८ को लेखापरीक्षण रिपोर्ट अनुसार सो बराबरको बेरुजू रकम प्रमाणित भएको प्रतिवेदनले देखाएको छ ।

बेरुजू रकम प्रतिवर्ष थपिंदै जानु महानगरको लागि पछि अहित हुने सङ्केत देखिएको छ । जनप्रतिनिधिको कार्यालयको रूपमा रहेको महानगरको कार्यालयले बर्सेनि जथाभावी रकम वितरण गरेकाले सचेत हुन प्रतिवेदनले औंल्याएको छ । कर्मचारी, विभिन्न सङ्घसंस्थाका नाउँमा बेरुजू रमक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि बेरुजू रकम फछ्र्योट गर्नु अहिले चुनौतीको विषय भएको छ । कर्मचारीहरूले प्रलोभनमा तथा नेताहरूको दबाबमा परी जथाभावी रकम निकास गरेपछि बेरुजू रकम बढ्दै गएको महानगर स्रोतले जानकारी दिएको छ । महँगो सामान खरीद गरेको तर जिन्सी खातामा उल्लेखसमेत नगरी सो सामान कसले प्रयोगमा ल्याइरहेको भन्ने यकीन नभएपछि सामान खरीद बराबरको रकम बेरुजू भएको देखिन्छ । त्यस्तै, सामान खरीद नगरी भुक्तानी मात्र दिएको देखिएपछि सो रकम बेरुजू भएको हो । यसैगरी, कोभिडको समयमा जथाभावी रकम भुक्तानी दिएकोले पनि बेरुजू रकम बढेको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here