जेरूसेलम, ८ साउन/एएफपी

पश्चिमी किनारको अधीनस्थ शहर नाब्लसमा इजरायली सेनाले गरेको कारबाईमा दुईजना प्यालेस्टिनी मारिएका छन् ।  प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।

इजरायली सेनाले शनिवार राति गरेको उक्त कारबाईमा अन्य छजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । इजरायली सेनाले उक्त कारबाई र प्यालेस्टिनी पक्षले उल्लेख गरेको हताहतिबारे कुनै टिप्पणी नगरी नाब्लसमा सशस्त्र संदिग्ध र सुरक्षाफौजबीच गोली हानाहान भएको बताएको छ । पश्चिमी किनारमा गत मार्चको अन्त्यदेखि गरिएको कारबाईमा कम्तिमा ५२ जना प्यालेस्टिनी मारिएका छन् । मारिएकामा संदिग्ध लडाकू, गैर–लडाकूका साथै अल जजीराका पत्रकार शिरीन अबु अक्लेहसमेत छन् । इजरायली भूमिमा प्यालेस्टिनीले गरेको आक्रमणमा परी सोही अवधिमा १९ जना इजरायली सर्वसाधरणको मृत्यु भएको छ ।

पछिल्लो महीना देशमा निरन्तर आक्रमण बढेपछि इजरायली सुरक्षा फौजले पश्चिम किनारमा दैनिकजसो सैन्य कारबाई गरिरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here