प्रस, वीरगंज, ६ साउन/

राजस्व अनुसन्धानका महानिर्देशक झलकराम अधिकारीले राजस्व चुहावट र नियन्त्रणमा विभागले कडाइ गर्ने बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको राजस्व अनुसन्धानमा देखा परेका नीतिगत तथा व्यावहारिक समस्याबारे छलफलमा उनले राजस्व चुहावट र नियन्त्रणको लागि विभागले कुनै मोलाइजा नराख्ने बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले राजस्व तिर्नका लागि व्यापारीहरू अग्रसर रहेको तर राजस्व तिर्ने क्रममा उनीहरूले अनावश्यक दुःख झेल्दै आएकोतर्फ ध्यानाकर्षण गराए । उनले व्यापारीलाई दुःख दिने कार्य रोक्न र राजस्वमा भइआएको अव्यावहारिक समस्या समाधान गर्न पनि आग्रह गरे ।

छलफलमा राजस्व अनुसन्धानका उपन्यायाधिवक्ता अर्जुन कोइराला, राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख कृष्णप्रसाद पाण्डे, विभागका सूचना अधिकृत पवन बस्नेत, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशिष लाठ, सहसचिव सुशान्त चाचानलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here