ओमप्रकाश चौधरी, नितेश कर्ण, ५ साउन/

बुधवार साँझदेखि पर्सा जिल्लामा पानी परेको कारण किसानहरू हर्षित भएका छन् । असार महीनाभरि छिटपुट मात्र पानी परेको कारण धानको बीउ रोप्न नसकेका र केहीले वैकल्पिक सिंचाइबाट रोपेको बीउ नष्ट हुने क्रममा हिजो परेको पानीले राहत पु¥याएको छ ।

बुधवार साँझदेखि बिहीवार निरन्तर पानी परिरहेको कारण किसानहरूले धमाधम धान रोपाइँ शुरू गरेका छन् । पर्सा जिल्लाका १४ वटै पालिकामा धान रोपाइँ जोडसोडका साथ शुरू भएको छ । आकाशे पानीको भरमा धानखेती गर्नेहरू हिजो साँझदेखि धान रोप्ने तयारीमा जुटेका छन् । आज खेतहरूमा किसानहरूले पानी परिरहेकै बेला हर्षित भएर धानको बीउ रोपेका छन् । पानी परेपछि सबैजनाले एकैपटक धानको बीउ रोप्नुपर्दा अहिले कृषि मजदूरको अभाव भएको छ । किसानहरू एकापसमा मिलीजुली एकअर्कालाई सघाउँदै रोपाइँ गरिरहेको पाइएको छ ।

धानको बीउ रोपिसकेका किसानहरू अहिले खेतमा गोडमेल गर्न जुटेका छन् । पानी नपर्दा दुई साता बढी समयदेखि किसानहरू चिन्तित थिए । उनीहरूले रोपेको धानको बीउ घामले नष्ट हुने क्रममा थियो र खेत पनि धाजा परेर फाटेको थियो ।

यसैबीच, किसानहरूलाई थप राहत पुगेको छ । मलको अभाव झेलिरहेका किसानहरूलाई अहिले साल्ट टे«डिङ कम्पनीमा मल आइपुगेको समाचारले हर्षित बनाएको छ । साल्ट टे«डिङ, वीरगंजमा डेढ लाख बोरा युरिया र डिएपी मल आइपुगेको छ । यो कार्यालयले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर र काठमाडौंसम्मका किसानहरूलाई मल पु¥याउने गर्छ ।

वर्षासँगै मल आएको खबरले किसानहरूलाई राहत पुगेको छ । कृषि सामग्री कम्पनी, वीरगंजमा पनि आजभोलिमैं मल आउने बताइएको छ । विदेशबाट कोलकाता बन्दरगाह भएर नेपाल सरकारले मल मगाएको छ । मल आयातमा ७० प्रतिशत हिस्सा कृषि सामग्री कम्पनीको छ भने ३० प्रतिशत साल्ट टे«डिड्ढो छ ।

पर्सामा ४२ प्रतिशत रोपाइँ

कृषि ज्ञान केन्द्र, पर्साले साउन ४ गतेसम्म पर्सा जिल्लामा ४२ प्रतिशत रोपाइँ भएको जनाएको छ । आकाशे सिंचाइको भरमा रहेका किसानहरूले पानी ढिलो पर्दा रोपाइँ गर्न नसकेको सो कार्यालयले जनाएको छ ।

पर्सा जिल्लाका उत्तरी तथा पश्चिमी भेगमा ४२ प्रतिशत रोपाइँ सम्पन्न भएको र बुधवार साँझदेखि परेको पानीले रोपाइँ वृद्धि हुने केन्द्रले जनाएको छ । सो कार्यालयले यथावस्थामा पानी परेको खण्डमा दश दिनभित्र ७५ प्रतिशत रोपाइँ सकिने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here