प्रस, वीरगंज, ५ साउन/
वीरगंज महानगरपालिकाले नेपाल–भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक बैदलाई सद्भावना दूत नियुक्त गरेको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्योगी तथा समाजसेवी बैदलाई बिहीवार सद्भावना दूतमा पुनः नियुक्त गरेका हुन् ।
बैदलाई महानगरपालिकाको नगरसभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियुक्त गरिएको हो ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहिसकेका बैदको समाजसेवाप्रति लगावको मूल्याङ्कन गर्दै महानगरको ११औं अधिवेशनबाट सद्भावना दूतमा पुनः नियुक्त गरिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।