प्रस, वीरगंज, ४ साउन/
वीरगंजको अलौंस्थित वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी)को मूलगेटमा स्थानीय युवाहरूले रङ्गदारी असुल्ने गरेका छन् । भारतीय ट्रकचालकहरूसँग दैनिक दर्जनौं युवाले अवैधरूपमा रङ्गदारी असुल्ने गरेको त्यहाँका पसलेहरूले बताएका छन् ।
मालसामान बोकेर नेपाल भित्रिएका भारतीय चालकहरूसँग वीरगंज–पथलैया औद्योगिक कोरिडोरका उद्योग तथा गोदामसम्म गाडी पु¥याइदिने निहुँमा उनीहरूसँग प्रतिगाडी रु पाँच सयदेखि एक हजारसम्म रङ्गदारी असुल्ने गरेको बताइएको छ । बिहान १० देखि राति ९ बजेसम्म रङ्गदारी असुल्ने गरिएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
केही चालकले पैसा दिन मानेनन् र भने मुताबिकको सहमति गरेनन् भने भारतीय चालकहरूलाई कुटपिट गर्ने र धाकधम्की दिएर गाडीको सीसा फुटाउने गर्छन् ।
चालकहरूसँग पैसा लिएर उद्योगसम्म गाडी पु¥याइदिने र प्रहरी तथा ट्राफिकलाई मिलाउने प्रलोभन दिएर उनीहरूले यस्तो धन्दा चलाइरहेका छन् । तर कतिपय भारतीय चालकहरूका अनुसार पैसा लिएर पनि उनीहरू ड्राइपोर्ट लक्ष्मी आयल कटेर पिसाब फेर्ने बहानामा गाडी रोकाएर भाग्ने गरेका छन् ।
आइसिपीको सुरक्ष्Fा प्रबन्धको लागि सशस्त्र प्रहरी १३ नं हेडक्वार्टर पर्साको जिम्मामा छ । तर सशस्त्र प्रहरी यस्तो घटना हुँदा पनि मौन छ । चालकहरूले दैनिक लुटिनुपर्दासमेत प्रहरी प्रशासनले आफूहरूलाई सहयोग नगरेकोमा ती युवाहरूसँग प्रहरीको सेटिङ हुन सक्ने आरोप लगाएका छन् ।