प्रस, वीरगंज, ४ साउन/

जिल्ला प्रहरी कार्यालय, पर्साले हुन्डी कारोबार गरेको आरोपमा एकजनालाई ४१ लाख ५५ हजार नगदसहित बुधवार बिहान पक्राउ गरेको जनाएको छ ।

आज बिहान ८ बजे प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले वीरगंज महानगर–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत, बिहार, जिल्ला पूर्वी चम्पारण, थाना रक्सौल–११ बस्ने २५ वर्षीय राकेश कुमारलाई पक्राउ गरेको हो ।

राकेशले सो रकम मोटरसाइकलको सिटमुनि तथा टङ्कीमा लुकाएर ल्याइरहेको स्रोत नखुलेको नेरु ४१ लाख ५५ हजार फेला परेको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका राकेशलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here