म्याड्रिड, ३ साउन/सिन्ह्वा
स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमवारसम्म तातो हावाबाट ज्यान जाने सङ्ख्या पाँच सय १० पुगेको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ भने गर्मीका कारण मानिसको ज्यान जाने क्रम पनि रोकिएको छैन । यही जुलाई १० तारिखदेखि गर्मी शुरू भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा शुरू भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म १५० जनाको ज्यान गएको जनाएको छ ।
त्यस यता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमवारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अधिकांशमा ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् ।
गर्मी अझै बढ्ने अनुमान गरिएकोले त्यसबाट ज्यान जोगाउन सतर्कता पालन गर्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ । रासस