अहिले साउनको महीना चलिरहेको छ र काँवरियाहरू बोलबमको यात्रामा निस्किरहेका छन् । भारत बिहारका एक दम्पतीले आमाबुबालाई काँवरमा बसाएर १५० किलोमिटरको यात्रा गराएको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जहानाबाद जिल्ला बस्ने ती दम्पतीले आमा–बुबाको इच्छा पूरा गर्न १५० किलोमिटरको पैदल यात्रा शुरू गरे । मातापिताले देवघरस्थित बाबाधाम जाने इच्छा व्यक्त गरेपछि यस दम्पतीले उनीहरूलार्ई काँवरमा बसाएर यात्रा शुरू गरे । एकातर्फ छोरा र अर्कोतर्फ बुहारी, बहँगीमा वृद्धवृद्धालाई बोकेर, यात्रामा निस्केका थिए ।

चन्दन कुमार र उनकी पत्नी रानीदेवीले मातापितालाई देवघर पु¥याउन श्रवण कुमार बने । दम्पतीले सुल्तानगंजबाट जल लिएर देवघर प्रस्थान गरेका थिए । छोरा–बुहारीको यस्तो यात्रा देखेर अन्य काँवरियाहरूले प्रशंसा गरेका छन् ।

चन्दनले भने–सत्यनारायणको पूजाको क्रममा आमाबुबाले बाबाधाम जाने इच्छा व्यक्त गरे । वृद्धवृद्धा भएको कारण उनीहरू पैदल १०५ किलोमिटर यात्रा गर्न सक्दैनन् । त्यसपछि मैले यो कुरा पत्नीलाई भनें र उनले मलाई हिम्मत दिइन् । हामीले उहाँहरूलाई बहँगीमा बसाएर यो यात्रा शुरू ग¥यौं । आइतवार सुल्तानगंजबाट जल भरेर बुबालाई अगाडि र आमालाई पछाडि बसाएर यात्रा शुरू ग¥यौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here