प्रमोद यादव, पचगावाँ, २ साउन/

पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने ऐतिहासिक दुग्धेश्वर महादेव मन्दिरमा भक्तजनले जल चढाउन शुरू गरेको छ ।

साउनको पहिलो सोमवार आज सो क्ष्Fेत्रमा मेला भर्न नेपाल–भारतबाट दर्शनार्थीहरू आउने गरेका छन् । विभिन्न स्थानबाट जल भरेर बोलबम काँवरियाहरू दुग्धेश्वर महादेव मन्दिर रामभौरी भाठामा जल चढाउन बिहानै पुगेका थिए । मन्दिर वरपर क्षेत्रमा मेला पनि लागेको छ । मेलामा प्राकृतिक हराभरा, पहाड र विभिन्न जनावरहरू हेर्न सकिन्छ । यसैगरी मेलामा लगाइएको प्रतिपसल राष्ट्रिय निकुञ्जले रु २५ सयको दरले राजस्व लिने गरेको छ । सङ्कलित चन्दाबाट मेला र मन्दिरको व्यवस्थापन गरिने मेला समितिले जनाएको छ । सोमवार लाग्ने मेलामा करीब चार हजार दर्शनार्थी आउने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here