प्रस, निजगढ, ३२ असार/
वनको संरक्षण विना मानव जीवनको अस्तित्व झनै संकटमा पर्ने भएकोले वन संरक्षणमा वन कर्मचारी, संरक्षणकर्मी, जनप्रतिनिधि, आमनागरिक, सञ्चारकर्मी लगायत अन्य सरोकारवाला निकायहरूको सामुहिक प्रयास आवश्यकता रहेको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताएका छन्। डिभिजन वन कार्यालय बाराद्धारा शनिवार सिमरामा आयोजित वन संरक्षण सम्बन्धि अन्र्तक्रिया एंव वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन योजना कार्यावन्यन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ कटुवालले सो कुरा बताएका हुन।
वनजंगल अर्थात रूखबाट अक्सिजन प्राप्त हुने जसबाट स्वच्छ वातावरण पैदा हुने भएकोले मानव जीवन पनि प्रकृतिकै सचेत एक अंग अर्थात हिस्सा भएकोले यसको संरक्षणमा लाग्नुको अर्को विकल्प नभएको उनले भने।
यसको नोक्सानी गर्ने पनि मानव र संरक्षण गर्ने पनि मानव नैं रहेकोले संरक्षणमा विशेष जोड दिनु पर्ने प्रमुख अतिथि एंव प्रजिअ कटुवालको भनाई थियो।
कार्यक्रमको बारेमा प्रकाश पार्दै डिभिजन वन कार्यालय बाराका प्रमुख एंव डिएफओ विनोद सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा वनजंगलको क्षेत्र निक्कै न्यून भएकोले संरक्षणमा संघिय सरकारको जिम्मेवारी, दायित्वसंगै प्रदेश सरकार, स्थानीय सरकारको पनि त्यक्तीकै रहेको बताए।
“वन संरक्षणमा अझ बढी स्थानीय तहको चासो र चिन्ता बढ्नुल पर्दछ। प्रकृति रूपमा भन्दा मानविय गतिविधिका कारण वनजंगल क्षेत्रमा हानि नोक्सानी हुने गरेको छ,” डिएफओ सिंहले भने। वन क्षेत्रको बोट विरूवा, रूख मासेर खनजोत गर्ने, जर्बजस्ती बस्ती नैं बस्ने, विभिन्न धार्मिक मठ मन्दिर, गुम्वा, चर्च निर्माण गर्ने, खेल मैदान, पार्क बनाउने जस्ता गैर कानुनी गतिविधिले वन क्षेत्र झनै अतिक्रमणको ठुलो चपेटामा पर्दै आई रहेको भन्दै अब्यवस्थित चरिचरण, वन डढेलोका कारण पनि वन क्षेत्रमा असर परि रहेको जानकारी दिए।
त्यसै गरि वनजंगल आसपासका स्थानीय जनता र वन संरक्षणकर्मी बिचको द्धन्द न्यूनिकरणको उचित निकास नखोजिए सम्म वनजंगल संरक्षणमा झेल्दै आई रहेको कठिनाई बल्झी नैं रहने भन्दै यसका लागि जनप्रतिनिधिहरूले पनि जनताका अति आवश्यक हक अधिकारलाई स्थापित गराउदै वनजंगल क्षेत्रको संरक्षणमा इमानदारीता साथ लाग्नु पर्ने निजगढ नगर प्रमुख सुरथ पुरीको भनाई थियो। वन संरक्षणको अर्को विकल्प नैं नभएको समेत उनले बताए।
कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधि, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहन प्रसाद अर्याल, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) बारा अध्यक्ष रामजी प्रसाद बजगाई, पथलैया साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष गणेश प्रसाद साह, नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रेशम तिवारी, नेपाल फोटो पत्रकार महासंघ बारा अध्यक्ष जीतलाल श्रेष्ठ, सञ्चारकर्मी, वन संरक्षणकमी लगायतको सहभागिता रहेको थियो। स्वागत सहायक वन अधिकृत जवाहर प्रसाद कुर्मी र कार्यक्रम सञ्चालन सहायक वन अधिकृत अनिल साहले गरेका थिए।