प्रस, वीरगंज, ३२ असार/

वीरगंज महानगरपालिका—२४ रामगढवा अवस्थित श्री सोमेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रम आयोजना भएको थियो।

रामगढवा निवासी स्वर्गीय गोरख राउत कुर्मिको सुपुत्र तथा मन्दिर संरक्षण समितिका अध्यक्ष पन्नालाल प्रसाद कुर्मिकोे अध्यतामा भएको कार्यक्रमको उनले समापन गर्दै बुबाको बर्षौंको सपना सकार भएको बताए। उनले लगभग ३५ लाख मूल्य बराबरको ६ धुर जग्गा मन्दिर संरक्षण समितिको नाउँमा हस्तान्तरण गरेका हुन्। कुर्मिलाई दोसल्ला ओढाएर फूलमाला तथा टीका लगाई सम्मान पत्र प्रदन गरिएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि विभिन्न तरीकाले प्रहार भइरहेको बताए। त्यसैगरी नेपाल विश्व हिन्दु महासङ्घका केन्द्रिय महासचिव अभिषेक तिवारीले ८४ प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको हिन्दुत्वको रक्षाका निम्ति समाज जागरूक हुनुपर्ने बताए।

मन्दिर निर्माण कार्यमा विषेश भूमिका निर्वाह गरेका तत्कालिन हरिहरपुर गापाका अध्यक्ष रामबालक प्रसाद कुमीलाई टिका लगाई सम्मान पत्र पदान गरिएको थियो।

मन्दिर निर्माण कार्यमा आर्थिक सहयोग गरेका मदन प्रसाद चौरसिया, पशुपति साह तेली, पवन कुमार गुप्ता, बैजनाथ प्रसाद चौरसिया, लक्षमण प्रसाद चौरसिया, अशोक लाठ, जगरनाथप्रसाद कुर्मी, जङ्गाली राउत कुर्मी लगायत विभिन्न व्यक्तित्वहरूलाई गम्छा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरका प्रमुख राजेशमान सिंह कार्य व्यस्तताका कारण अनुपस्थित थिए भने वडा नं २४ का अध्यक्ष बिजय पटेल, विश्व हिन्दु परिषद नेपाल, पर्साका अध्यक्ष शम्भू महतो थारू, अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, हरिहरपुर काफला काँवरिया सङ्घका प्रमुख अजय त्रिपाठी, निवर्तमान वडा अध्यक्ष दशरथ पटेल, पत्रकार राजेश मिश्र, राजेन्द्र सिंह राजपुत लगायत रामगढवाका सर्वसाधारण मानिसहरूको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य सामाजिक अभियन्ता प्रकाश थारूले गरेका थिए भने सञ्चालन सोमेश्वरनाथ महादेव मन्दिरका सचिव कन्हैया पटेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here