अन्नलाई हाम्रो ग्रन्थमा जीवनको आधार बताइएको छ। अन्न यस शरीरमा स्थूल र सूक्ष्म दुई प्रकारले जानिन्छ। स्तूल अन्न शरीरलाई बलवान बनाउँछ र सूक्ष्म अन्न हाम्रो मन–मस्तिष्कको खुराक बनेर हाम्रो आत्मालाई–हाम्रो प्राणलाई उच्च बनाउँछ। अन्नको रक्त, मज्जा, वीर्याादि परिणामले प्राप्त हुने कार्यको लागि ६ कोशहरूमध्ये एउटा कोश अन्नमय हुन्छ। अन्नमयकोशको सम्बन्ध मनसँग हुन्छ। हामीले खाएको अन्नको अतिसूक्ष्म रूपमा परिणत अंश नै मन कहलाउँछ। अन्नबाट मन बनेको हुन्छ। यसैले अन्न नै मनोमयकोषलाई बलवान् बनाउँछ। मन, बुद्धि, चित्त, अहंकार एक सूत्रमा बुनेको मोतीसरह हुन्छ। चित्तमा जुन मनोमय कोश छ, त्यसमा नजाने कतिऔं जन्मको संस्कार भरिएको छ। मनसँग जोडिएको मनको धारा–मन–बुद्धि–चित्त र अहंकार हो– यो धाराहरू मनको तरङ्ग हो। यी तरङ्ग नै मनमा परिवर्तित हुन्छ र यसप्रकार कालको स्थिति अनुसार एक दुई होइन, अनेकौं मनवाला भएर मनुष्य थाहा छैन कतिऔं निर्माण गर्छन्। निर्माणको यो संस्कार जुन पहिलेको हो, त्यो मनलाई अतिसूक्ष्म बनाउँछ। तब मनुष्य सूक्ष्म मनवाला भएर अध्यात्मको क्ष्ँेत्रमा रमण गर्दै आत्मतत्वको प्राप्तितर्फ उन्मुख हुन्छ, उसको प्राप्ति आफ्नो परमलक्ष्य

मान्छ।

अन्नलाई प्राण यसकारण भनिएको छ, किनभने यस अन्नबाट प्राण बलवान बन्छ। प्राण उच्च बन्छ। प्राण बलवान वा उच्च भएपछि वा बनेपछि मन पवित्र र बलवान् बन्छ। उसमा स्वभाविक चञ्चलता रहँदैन। मनले स्थिरता प्राप्त गर्दै गएपछि सूक्ष्म र अतिसूक्ष्म पदार्थको चिन्तन गर्न थाल्छ र त्यसको उत्पत्ति आदि रहस्य बुझ्न थाल्छ। प्राण र मनमा आत्मा विश्राम गर्न थाल्छ, चेतनाको गुण आउनु स्वभााविक रूपले शुरू हुन्छ। तब परमात्माको ज्ञान परमात्माको गुण उसमा प्रवेश हुन थाल्छ। यसपछि उ विज्ञानको क्षेत्रभन्दा माथि उठेर परमात्माको असीम आनन्दमा प्रवेश पाउँछ।

हामीले खाने अन्न शुद्ध, सात्वि एवं पवित्र हुनुपर्छ। यदि अन्न पवित्र भएन भने कुनै पनि व्यक्ति ऋषि–मेधालाई प्राप्त गनर्न सक्दैन। वेदको वास्तविक आचार्य त ऋषि–मेधाबाट युक्त हुन्छ। ऋत् यानी परमसत्यको ज्ञान गराउने मेधा अर्थात् ऋतम्भरा प्रज्ञाबाट  सम्पन्न। अन्न खाद्य हो– भोजन हो प्राणको। प्राण अन्नलार्य निल्छ, ग्रहण गर्छ र ग्रहण गरेर बलवान हुन्छ।

अन्नाभ्द्वन्ति भूतानि अन्नको कोश अन्न प्राण यानी अन्नबाट उत्पन्न प्राणको आयतन हो, घर हो। अन्नमय प्रँणबाट बनेको हुन्छ। प्राण र मनको क्रियाको सम्बन्धका ज्ञान हुनाले मनुष्य ब्रह्मवेत्ता बन्छ। रक्त, मज्जा आदि जति पदार्थ छन् त्यो मानव शरीरको अङ्ग हो, यो अङ्ग–रूप पदार्थ अन्नबाट विकासलाई प्राप्त गर्छ, तथापि पदार्थको ज्ञान अन्नको सूक्ष्म अंशरूपमा परिणत मनद्वारा नै हुन्छ। अन्नको मनसँ ग गहिरो सम्बन्ध हुन्छ। अन्न नै मन हो, अन्न नै ब्रह्म हो र यस अन्नरूप ब्रह्मलाई अन्नबाट जान्न सकिन्छ।

जति पनि शब्द छ, वर्ण छ, वाक्य छ, ती शून्यमा विचरण गरिरहेको छ। मन्त्रको समूह पनि शुन्यमै छ। त्यसलाई अनुभव गर्न सकिन्छ, सुन्न सकिन्छ र साधनाको परिपक्वावस्थामा हेर्न पनि सकिन्छ तर यो सबै मनको अतिसूक्ष्म भएपछि मात्र सम्भव छ। चेतन स्वरूप जुन परमात्मा हो, उसको प्रभावबाट यानी उसको शक्तिबाट जगत्को हरेक वस्तु क्रिया गरिरहेको छ, गतिमान छ। हिलडुल वा घुमिरहेको हरेक वस्तु–हरेक परमाणुको त्यस परमात्मासँग सम्बन्ध छ, परमात्माको शक्तिसँग जोडिएको छ। परमात्मा एक–एक कणमा, मनमा, हाम्रँे विचारमा रमण गरिरहेको छ।

जीव र परमात्माकोयो सम्बन्ध अनादि छ। हामी फूललाई हेर्छौ,  त्यसको सुन्दरता, बनावटप्रति मुग्ध हुन्छौं, स्पर्श गर्छौ, सुँघ्छौं र फ्याक्छौं। आफूबाट अलग गर्छौ, तर के हामीमा यति सामथ्र्य छ कि प्रकृतिको सम्पूर्ण फूललाई अलग गर्ने। सक्दनौं। सूक्ष्म रूपले यस प्रकृतिमा पहिलेदेखि नै कारणरूपबाट पुष्पको अस्तित्व छ, तब त त्यो कार्यरूपमा पहिले कोपिला, त्यसपछि फूल बन्छ। कुनै नयाँ वस्तु यस संसारमा बन्दैन, अपितु जुन पहिले थियो, त्यो अर्को रूपमा पैदा हुन्छ।वस्तुको उसको रूपको अन्तरण छ। स्थ ूल शरीरको अतिरिक्त सूक्ष्म र कारण दुई अन्य शरीर पनि हो। हाम्रो प्त्येक  क्रियामा स्थूलभन्दा बढी सूक्ष्म योगदान हुन्छ। त्यस ब्रह्माको साक्षात् उपलब्धि मनसँगै हुन्छ। यसैले त्यसलाई मनोमय भनिन्छ। मनको अभिमानी वा मनद्वारा मनन गरिन्छ, यसैले मनोमय छ।

अन्न प्राणीभन्दा पहिले यस सृष्टिमा उत्पन्न भएको हो। अन्नबाट जड–चेतन समस्त प्राणी उत्पन्न हुन्छ। उत्तपत्तिपछि अन्नबाट जीवित रहन्छ। अन्नबाट नै बल प्राप्त गर्छ, बढ्छ र अन्त्यमा मृत्युपछि अन्नमै विलीन हुन्छ।

अमृत देवता र असुरहरूको सम्मिलित प्रयासबाट समुद्र मन्थनबाट निस्किएको थियो। सोम शब्दको प्रयोग चन्द्रमाको लागि पनि गरिन्छ। सोम अन्नको पनि नाम हो। यो हाम्रो शरीर सोमरूप अन्नको आहुति भएकोले जीवित छ। सूर्यमा सोम निरन्तर आहुत भइरहेको छ, जसको कारण प्रकृतिको सम्पूर्ण व्यवस्था चलिरहेको छ। वेदमा सोम एउटा तत्व हो, जसको साधनाको विभिन्न स्तरमा जानिन्छ।

अन्न प्राणीद्वारा खाइन्छ, र यो अन्न स्वयं पनि प्राणीलाई खान्छ, यसैले यो अन्न भनिन्छ। अन्न देहको वाचक हो। हिंडडुल, बोल्ने शक्ति अन्नको भक्षणबाट आउँछ, यसैले अन्न प्राण हो।यो प्राण, अपान आदि पाँच भेदवाला र चक्षु, स्रोत, मन रवाक्द्वारा विषयको उपलब्धि (ज्ञान)को साधन हुनाले पनि प्राण छ।

इन्द्र यद्यपि द्वादश प्राणमा गनिने प्रँण हो, तर यो इन्द्र प्राणको दोस्रो प्राणभन्दा अलग आफ्नो अग्निमय रूपताले आफ्नो वरपरको प्रथम र उत्तम प्राणलाई समिद्ध गर्छ। समिद्ध यानी प्रदीप्त गर्ने गुणको कारण ऐन्ध हो। ऐन्ध शब्दको अपभं्रशरूप नै इन्द्र हो। सूर्य जबसम्म सूर्य छ तबसम्म सूर्य छ तर जसरी इन्द्र नामको प्राण सूर्यभित्र प्रवेश गर्छ, तब सूर्य नभएर सविता कहलाउँछ। सविताको शब्दको अर्थ हो– सबै सम्पूर्ण जगतलाई उत्पन्न गनर्ने। यो इन्द्र सूर्यको प्रदीप्ति त हो नै। प्रदीप्ति क्रियाको ज्ञान हुनाले यही इन्द्र प्रदीप्तिको साधन पनि हो।

अग्निनमा सोम (अन्न)–को आहुत हुनाले वा सोमरूप इन्द्र रहनाले नै प्रकाश हुन्छ। इन्द्रको आफ्नो स्वरूपबाट क्रियाको ज्ञान र क्रियारूपमा सूर्यको समस्त प्राणलाई समिद्ध गर्छ। समिद्ध शब्दको अर्थ– प्राणलार्य राम्ररी एकत्रित गर्नेवाला हो। इन्द्रले जुन तत्व खोजेको थियो, यसलाई यक्ष वा महाद्यक्ष्यको नामले जानिन्छ। केन उपनिषद्मा यक्ष शब्दको अर्थ आदिकारण ब्रह्म दिइएको छ। त्यो सोम यानी उमाबाट युक्त ज्योति हो, जसलाई ब्रह्म भनिन्छ। वर्णमा प्रथम आकार अक्षर ब्रह्मको दर्शन हो। यस अक्षर ब्रह्मको सर्वप्रथम इन्द्रले साक्ष्ाँत्कार गरेका थिए। ज्योतिरूप ब्रह्मको दर्शन नै इन्द्रद्वारा गरिने सोमपान हो। सोमलाई ज्ञानमयी बृहती ज्योति पनि भनिएको छ। भन्नुको आशय यो हो कि सोमको वृहती विधान क्रिया, व्यापारमा आवृत्त गरेर राखिएको थियो, जसको कारण त् यो अप्रकट रहन्छ। तर जुन ओम अर्थात् ज्योतिलार्य थाहा पाउँछ यानी यस ज्योतिको साक्ष्ाँत्कार गर्छ। त्यो स+ओम् (सोम) सोममय वा सोमपा –सोमलाई पिउनेवाला भनिन्छ। ‘स अमृतत्वाय कल्पते’– त्यो अमृतरूप भएर अमृतको आनन्दमा लीनन हुन्छ।

गीताको वाक्य ‘अन्नाद् भवन्ति भूतानि– अन्नबाट प्राणी उत्पन्न हुन्छ, यहाँ यस वाक्यमा भूतानि शब्दलाई प्राणीको अथवा पञ्चमहाभूतको वाचक नमानेरयदि पञ्चात्मनः, पञ्चकोशाः अथवा पंचप्राणा यस्तो मान्छौं भने तैत्तरीय उपनिषद् र ब्रहदारण्यक उपनिषद्मा भनिएको वाक्य सहज रूपले अर्थ प्रकट गर्न थाल्छ। पृथ्वी, अन्तरिक्ष्ँ, द्यौ, दिशाहरू र उपदिशाहरू–भूत तत्व हो, यो तैत्तरीय उपनिषद्को कथन हो। र यस उपनिषेधको अन्य वाक्यहरूमा यसको देवता अग्नि, वायु, आदित्य, चन्द्रमा र नक्षत्र हो। यसको प्राणलाई वाक् प्राणः चक्षुः मनः श्रोत्रं भनिएको छ। यसैले जो पृथ्वी आदि तत्व छ, त्यही वाक् आदि छ। यसलाई भूत शब्दबाट अभिहित गरिएको छ। त्यसो भए अन्न कुन तत्व हो ? यसको उत्तर छान्दोग्योपनिषद्को वाक्य– ‘मन तत्व अन्नमय छ’ मा भनिएको छ।  यसलाई अझ स्पष्ट रूपले बृहदारण्यक उपनिषद्मा बताइएको छ कि अन्न नाम हो– अदिति नामक वाक्को। विकास यसबाट हुँदै गयो, यसले आफूभित्र समाहित गर्छ। अदन् खानेको अर्थमा ग्रहण हुनाले अदनबाट

अत्ति बन्यो। अन्नलाई खाने क्रियाबाट युत्तः अत्ति वा अदन अर्थलाई ग्रहण गरेर अदिति शब्द बन्यो। या अत्रि–खानेको क्रियावाला प्राणहरूको समूहको नाम अदिति हो।

अत्रिले चतुराज यज्ञ गरे, यसैले खाने यानी ग्रहण गर्ने सम्बन्धमा सबैभन्दा पहिले ज्ञान भयो। अतः ग्रहण लागेपछि अत्रि नै फिर्ता ल्याउँछ,यस्तो मान्यता छ। अत्रिको सोम र अर्यमा दुई छोरा थिए। अत्रिलाई पैता महर्षि भनिन्छ।

वस्तुतः सर्वप्रथम उत्पन्न हुने कारण अन्न प्राणीभन्दा ज्येष्ठ छ नै, श्रेष्ठ पनि छ, किनभने जसरी अनेक तुषावाला धानबाट जसरी तुषारहित गरेर चामल निकालिन्छ, त्यसैप्रकार अन्नमयबाट लिएर आनन्दमयकोशपर्यन्त सम्पूर्ण शरीरको अपेक्षा आन्तरतम ब्रह्मलाई तत्वज्ञानद्वारा आफ्नो पत्यगात्म रूपले अपरोक्ष अनुभवगराउने इच्छा राख्ने जति पनि शास्त्र छ, त्यो सबै अविद्या परिकल्पित पञ्चकोशलाई बाध गरेर त्यस परमात्मा नै ज्ञान गराउने योग्यता देखाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here