प्रस, वीरगंज, २९ असार/

वीरगंज–८ पानीटङ्कीस्थित आशाराम अस्पतालको दास मेडिकोले म्याद गुज्रिएको औषधि बिक्री गरेको प्रमाण फेला परेको छ ।

सो औषधिपसलबाट स्थानीय विनोद राणाले नातिको लागि खोकीको औषधि क्लैवम बिड ड्राइ सिरफ खरीद गरेका थिए । हिजो असार २८ गते उनले औषधि खरीद गरेको र घरमा नातिलाई खुवाउने क्रममा छोराले मिति हेर्दा औषधिको म्याद गुज्रिएको पाएको बताए ।

सो औषधिको खोलमा एकातर्फ उत्पादन मिति ०१/२०२१ र म्याद सकिने अवधि ०६/२०२२ लेखिएको छ तर औषधालयले अर्कोतर्फ उत्पादन मिति ११/२०२० र म्याद सकिने अवधि १०/२०२३ लेखेको छ । सो औषधिको खोलमा दुई प्रकारका ब्याच नम्बर छन् । एकातर्फ औषधिको म्याद गुज्रिएको देखिन्छ भने अर्कोतर्फ म्याद रहेको देखिन्छ ।

यसबारेमा राणाले पसलेलाई जानकारी गराएपछि त्यहाँ रहेकी महिलाले बेवास्ता गरेको र कतै पनि उजूरी गर्न सक्ने भन्दै उल्टै धम्काएको राणाले बताए ।

1 COMMENT

  1. 06-22 औषधी काे म्याद सकिने हो र अर्को 10-23 औषधी घोल्ने पानी को म्याद सकिने अवधि हो। कृपया समाचार लेख्नु भन्दा पहिला आफै सत्य तथ्य छानबिन गरेर छापनु होला।
    धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here