प्रस, वीरगंज, २५ असार÷

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले सामाजिक सुरक्षा भत्ता मासिकरूपमा वितरण गर्नेगरी गृहकार्य अगाडि बढेको बताएका छन् ।

कलैया उपमहानगरपालिकामा शनिवार आयोजित ‘सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता ः सरकार र नागरिकको भूमिका’ विषयक जिल्लास्तरीय सार्वजनिक सुनवाइ कार्यक्रममा उनले जन्मदर्ता नागरिकतासँग सम्बन्धित रहेको जन्मदर्तादेखि नै नागरिकता प्राप्तिका लागि ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिए ।

राष्ट्रिय परिचयपत्रलाई अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय बारासहित इलाका प्रशासन कार्यालयहरू सिमरा, सिम्रौनगढ, कोल्हवीमा जनशतिm परिचालन गरी थप युनिटको व्यवस्था चाँडै गर्ने तयारी भइरहेको उनले जानकारी गराए । महानिर्देशक भट्टराईले असारे विकासलाई निरुत्साही गर्दै कानूनले तोके अनुसार कामकाज गर्नेमा कुनै कमी नराख्ने बताए । नागरिक र पञ्जीकरण विभागको सम्बन्ध सुमधुर हुनुपर्नेमा उनले जोड दिए । बैंकिङ सेवालाई प्रभावकारी बनाउनका लागि गाउँगाउँमा घुम्ती सेवा निर्माण गरी सेवा प्रभाव गर्न उनले सुझाए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालले नागरिकको आवाजलाई सम्बोधन हुने गरी कानून बनाउन सरकार तयार रहेको बताए । उनले सहभागीहरूले उठाएका कुरा कानूनसम्मत सम्बोधन हुने कुरामा कुनै कमी नहुने बताए ।

जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रकुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार कटुवाल, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवार, बारागढी गापाका अध्यक्ष अशोकप्रसाद जयसवाल, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहलगायतले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दुःख पाएको विषयलाई सम्बोधन गरिनुपर्ने कुरामा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here