प्रस, रक्सौल, २४ असार÷

खुला सीमाको कारण नेपालबाट भारत र भारतबाट नेपालमा तस्करी हुनु नौलो होइन । सीमा सुरक्ष्ाँका लागि दुवै देशले सुरक्ष्ाँकर्मीहरू तैनाथ गरेका छन् तर दुवै देशका सुरक्षाकर्मीहरू तस्करी नियन्त्रण गर्ने सवालमा कमजोर साबित भएका छन् ।

रक्सौलबाट वीरगंज र वीरगंजबाट रक्सौल घरायसी सामानहरूको आवतजावतमा सुरक्षाकर्मीहरूले नजरअन्दाज गर्दै आएका छन् । घरेलु सामानहरू मूल नाकाबाट आउने गरेको छ । सुरक्ष्ाँकर्मीहरूले नियमितरूपमा कारोबार गर्नेहरूलाई चिनिरहेका हुन्छन् र उनीहरूसँग सेटिङ पनि हुने गरेको आरोप छ । मूल नाकाबाट हुने तस्करी नियन्त्रण गर्ने सवालमा अलि कडाइ गर्ने, अन्य नाकाहरूबाट भने खुलारूपमा तस्करी हुने गरे पनि सुरक्षाकर्मीहरू मूकदर्शक हुनु आर्थिक प्रलोभन भएको स्थानीयको आरोप छ ।

खुला सीमाबाट मानिसहरू लगाएर साइकल, मोटरसाइकलबाट तस्करीका सामानहरू ढुवानी हुने गरेको छ । रक्सौलबाट वीरगंज र वीरगंजबाट रक्सौल यी सामानहरू ढुवानी गरेर गन्तव्यमा पु¥याउने र त्यहाँबाट सवारीसाधनमार्फत पठाउने गरिन्छ । रक्सौल र वीरगंज दुवै ठाउँमा तस्करहरूको सामानहरू सञ्चय गर्ने गोदाम छन्, जसको खबर प्रहरीलाई नभएको होइन तर प्रहरी आर्थिक प्रलोभनमा परी यस्ता कामलाई बेवास्ता गर्दै आएको छ ।

माथिल्लो तहबाट तस्करी नियन्त्रणको लागि दबाब आएपछि देखाउनको लागि मालसामानहरू बरामद गर्ने गरिन्छ । यसको अलावा तस्करहरूबीचको झगडाको फाइदा उठाएर एक पक्षलाई बलियो बनाउने र अर्को पक्षलाई कमजोर बनाउने कार्यमा सुरक्ष्ाँकर्मीहरूले सघाउने गरेका छन् । कम पैसा दिने अथवा नदिनेहरूलाई कारोबार गर्न रोक लगाउने र त्यस्ताको मात्र सामान समात्ने गरेको पाइन्छ ।

अहिले रक्सौलबाट ठूलो परिमाणमा माछा तस्करी भइरहेको छ । सीमासँग जोडिएका बारा र पर्सा माछाका लागि आत्मनिर्भर छन् तर रक्सौलको लागि भारतका विभिन्न स्थानबाट माछा मगाउने र खुला सीमाको फाइदा उठाउँदै दुवै देशका सुरक्ष्ाँकर्मीहरूलाई मिलाएर वीरगंज पठाउने र वीरगंजबाट नेपालका विभिन्न स्थानमा पु¥याइन्छ ।

खासगरी भारतबाट आएको माछा काठमाडौं पु¥याउने गरिन्छ । माछाको निकासीमा राजस्व छलीको ठूलो अंश रहेको छ । पहिले कारोबारीहरूले मूल नाकाबाटै माछाको कारोबार गर्दथे तर अहिले खुला सीमाबाट सुरक्ष्ाँकर्मीहरूलाई मिलाएर कारोबार गर्दै आएको स्रोतले जनाएको छ ।

यसैगरी, भारतबाट कपडा, विद्युतीय सामग्री, कृषिजन्य सामान, सर्टिङ–सुटिङ, साडी, कस्मेटिक सामानहरू निर्वाधरूपमा वीरगंज ल्याइन्छ । यस्तै, वीरगंजबाट कबाड सामान, सुपारी, मरीच, ल्वाङ, केराउ, फुजी स्याउ आदि रक्सौल पठाउने गरिन्छ ।

दुवैतर्फ हुने यसखाले तस्करीबाट ठूलो परिमाणमा लागूऔषधको कारोबार पनि हुने गरेको छ । नेपालबाट गाँजा, चरेस र रक्सौलबाट लागूऔषध हेरोइन, ब्राउनसुगर, प्रतिबन्धित औषधि यही माध्यमबाट ल्याउने लैजाने गरिएको छ । बेलाबखत एसएसबी र सशस्त्र प्रहरीले यस्ता सामानहरू समात्ने गरेको प्रमाण प्रशस्त छन् । खुला सीमाको कारण खाद्यान्नलाई दुवै देशका सुरक्ष्ाँकर्मीहरूले नजरअन्दाज गर्छन् तर त्यसको नाममा चेकजाँच नहुँदा अन्य सामानहरू तस्करहरूले यताउता पु¥याएर फाइदा उठाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here