प्रमोद यादव, पंचगावाँ, १७ असार/

कृषि सामग्री कम्पनीमा मल आउन अझै दुई साता लाग्ने भएको छ । कार्यालय प्रमुख चन्द्र चौलागाईंले ओमान र इजिप्टबाट युरिया, डिएपी ६० हजार मेट्रिक टन आइरहेको र सो मल वीरगंज आइपुग्न दुई साता लाग्ने बताएका छन् ।

प्रमुख चौलागाईंले २० हजार मेट्रिक टन डिएपी र ४० हजार मेट्रिकटन युरिया ओमान र इजिप्टबाट नेपालको लागि हिंडिसकेको र यही असारको अन्तिमसम्म वीरगंज आइपुग्ने बताए । उनले मल आउनासाथ बिक्री वितरण हुने बताए । प्रमुख चौलागाईंले कृषि सामग्री कम्पनीमा अहिले मलको मौज्दात नभएको बताए ।

साल्ट टे«डिङ कम्पनी वीरगंजमा भने दुई हजार बोरा मल मौज्दात छ । कम्पनीका प्रमुख आमोद लामिछानेले डेढ महीनाअघि ११ हजार बोरा डिएपी मल प्राप्त भएकोमा नौ हजार बोरा वितरण भइसकेको र दुई हजार बोरा मौज्दात रहेको बताए । उनले मौज्दात दुई हजार बोरा मल असार १९ गते आइतवारदेखि वितरण गरिने जानकारी गराए । सरकारले मगाएको मल कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत बिक्री वितरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here