प्रस, वीरगंज, १२ असार/

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको मधेस प्रदेशको तेस्रो पूर्ण बैठक प्रदेश संयोजक बैधनाथ श्रमजीवीको संयोजकत्वमा शनिवार वीरगंजमा सम्पन्न भएको छ।

बैठकमा केन्द्रीय प्रवक्ता जागृत रायमाझीले आजैदेखि समाजवादको अभ्यास शुरू भएको बताए। उनले समाजवादी अर्थतन्त्र, समाजवादी संस्कृति तथा समाजवादी राजनीतिक सत्ता एकैचोटी प्रयोग गर्न लागेको बताए।

केन्द्रीय उत्पादन विभागका संयोजक मदन प्रभातले असार १८ र १९ गते रूपन्देही जिल्लाको बुटवलमा हुन गइरहेको दुई दिने कार्यशाला गोष्ठीमा सामुदायिक उत्पादनको क्षेत्र, बजार, बिक्री विनिमय तथा उपभोगबारे विस्तृत छलफल हुने बताए। मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका १७ जना सदस्य सहभागी रहेको उक्त समितिले दलको निर्णयविपरीत निर्वाचन बहिष्कार नगरी भाग लिएका बारा जिल्लाका चारजना सदस्यलाई निलम्बन गरी स्पष्टीकरणसमेत सोधेको छ।

मधेस प्रदेश संयोजक श्रमजीवीका अनुसार समाजवादी अर्थतन्त्र निर्माण गर्न धनुषा जिल्लामा एउटा सामुदायिक उत्पादन केन्द्र सार्वभौम समिति खुलिसकेको तथा बाँकी जिल्लामा यथाशीघ्र खुल्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here