प्रस, वीरगंज, १२ असार/
पर्सा जिल्लामा अहिले सर्पदंशको घटना बढेको छ। नारायणी अस्पतालले दिएको जानकारी अनुसार वैशाखदेखि असार १० गतेसम्म २११ जनालाई सर्पले टोकेको थियो भने त्यसमा दुईजनाको मृत्यु भएको छ।
डा उदयनारायण सिंहका अनुसार वैशाखमा ८६, जेठमा ६४ र असार १० गतेसम्म ६१ गरी २११ जनालाई सर्पले टोकेको थियो। नारायणी अस्पतालमा घाइतेहरूको सफल उपचार गरिएको र सर्पदंशको औषधि पनि पर्याप्त रहेको उनले जानकारी दिए।