प्रस, वीरगंज, १२ असार/
वीरगंज महानगरपालिका वडा नं १० का अध्यक्ष सुशील साह कानूले सामुदायिक विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री निश्शुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।
रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा आइतवार आयोजित १३औं वार्षिक पुरस्कार वितरण समारोहमा उनले वडामा रहेका दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, सीसाकलम र ब्याग वडा कार्यालयबाट उपलब्ध गराउने बताए।
वीरगंजका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परीक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार साहको अध्यक्षतामा कार्यक्रम भएको थियो।