प्रस, वीरगंज, १२ असार/

निजगढ सार्वजनिक सरोकार समितिले रौतहटका विभिन्न पालिकाका प्रमुखलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ।

समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वको टोलीले कटहरिया, गुजरा, देवाही गोनाही, वृन्दावन, गढीमाई र मौलापुर नगरपालिकाका प्रमुख र उपपप्रमुखलाई भेटेर विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पारित गर्न आग्रह गरेको हो।

समितिले यसअघि बाराको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारी, विश्रामपुर गाउँँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टो, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यालयमा भेटेर आग्रहपत्र बुझाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here