प्रस, वीरगंज, ११ असार/

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, मुर्ली–श्रीपुर, वीरगंजले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिवार सचेतनामूलक -याली निकालेको छ।

त्रिमूर्तिटोलबाट निस्किएको -यालीले वीरगंजको मुर्लीचोक, श्रीपुर, दुर्गाटोल, पावरहाउसलगायतका स्थान परिक्रमा गरेको थियो। -यालीमा सहभागीहरूले बनाऔं लागूऔषधमुक्त गाउँशहर, मिलेर सङ्घ, प्रदेश अनि स्थानीय सरकार, सुखी नेपाली समृद्ध नेपालको सपना लागूऔषधमुक्त समाजको परिकल्पना, स्वस्थ जीवन, स्वच्छ विचार, लागूऔषध गरौंं बहिष्कार, नागरिक र सरकारको संयुक्त पहल, बनाऔं लागूऔषधमुक्त नेपाल, लागूऔषधले लिन्छ ज्यान, आफैं नखनौं आफ्नो चिहान नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा, ट्राफिक प्रहरी नायब निरीक्षक हनुमान राउत अहिर, सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव दीलिप प्रधान, वरिष्ठ प्रहरी हवल्दार शैलेन्द्रकुमार यादव, निर्मल ताम्राकारलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here