प्रस, वीरगंज, २ जेठ/

वीरगंजमा विपद् व्यवस्थापनसम्बन्धी प्रदर्शन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, पर्साको आयोजनामा वीरगंजको आदर्शनगरस्थित पुरानो बसपार्क तथा घडीअर्वा पोखरीमा विभिन्न प्राकृतिक प्रकोपमा गरिने उद्धार कार्य तथा अपनाउनुपर्ने सतर्कताबारे प्रदर्शनी तथा जनचेतना कार्यक्रम गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए ।

गर्मी तथा वर्षायाम शुरू भइसकोले स्थानीयलाई सचेत पार्न जिल्लास्थित सुरक्षा निकायको उद्धार टोली तथा सरकोकारवालाहरूको संयुक्त प्रयासमा यो कार्यक्रम गरिएको हो ।

प्राकृतिक प्रकोप भूकम्प तथा विभिन्न घटनामा घाइतेहरूलाई कसरी उद्धार गरी प्राथमिक उपचार गरी अस्पताल पु¥याउने, आगलागी नियन्त्रणका उपाय तथा सतर्कता, बाढी तथा डुबानको समयमा अपनाउनुपर्ने सतर्कता एवं उद्धार टोलीले आफू सुरक्षित रही कसरी उद्धार गरी धनजनको जोगाउनेबारेमा प्रदर्शनी कार्यक्रम गरिएको थियो ।

घाइतेहरूको उद्धार तथा आगलागी नियन्त्रणको प्रदर्शन पुरानो बसपार्कमा भएको थियो भने बाढी र डुबानको प्रदर्शन कार्यक्रम घडीअर्वा पोखरीमा भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति, पर्साका संयोजक पर्साका प्रजिअ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलम, श्रीजङ्ग गण वीरगंजका गणपति प्रमुख सेनानी डायमन्ड कार्की, पर्साका प्रउ रमेश बस्नेत, सशस्त्र प्रउ तेजप्रकाश पोखरेललगायत सुरक्षा निकायका अधिकृत तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here