बलिराम शुक्ला, बिरुवागुठी, २९ जेठ/

पर्साको ग्रामीण भेगमा चैते धान रोपेका किसानहरू वर्षा हुँदा हर्षित भएका छन् । धानको बाला पसाउने समयमा वर्षा भइरहेकोले यहाँका किसानहरू खुशी भएका हुन् ।

अहिले किसानले लगाएको चैते धान बालीमा बाला पसाउने समय भएको र यो समयमा सिंचाइ आवश्यक हँुदा वर्षा भइरहेकोले चैते धान खेती गरेका किसानहरू खुशी भएका हुन । दुई/तीन दिनदेखि नियमितरूपमा वर्षा भइरहेका कारण चैते धान बालीलाई निकै राम्रो भएको पर्सागढी नगरपालिका–३ का किसान नन्दलाल चौधरीले बताए । उनले चैते धान बाली गरेका किसानहरूले अहिले बाला पसाउने बखत कुलो र बोरिङबाट सिंचाइ गर्नुपथ्र्यो तर नियमितरूपमा वर्षा भएकोले धानबालीलाई निकै फाइदा भएको बताए । उनले सशुल्क सिंचाइ गर्नुपर्ने बेलामा वर्षाले सिंचाइ निश्शुल्क गरेको भन्दै खुशी व्यक्त गरे ।

पर्सागढी नगरपालिकामा चैते धानबाली सयौं बिघामा गरिएको छ । पर्सा जिल्लाको उत्तरी क्षेत्र थरुहटमा चैते धान बाली व्यापकरूपमा हुने गरेको छ ।

वन क्षेत्र र खोला, नालाको सिंचाइ सुविधा यो क्षेत्रमा बढी भएकोले पर्सागढीलगायत पटेर्वासुगौली, जीराभवानी, जगरनाथपुर र ठोरी गापामा चैते धानबाली हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here