प्रस, पोखरिया, २९ जेठ/

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले नगरपालिकामा नमूना विद्यालय बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

जिल्ला उच्चाङ्गल रामदेव कलवार  नमूना प्राविधिक विद्यालय पोखरियाद्वारा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख चौहानले आगामी बजेटमा पोखरियाका विद्यालयमध्ये जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालयलाई नमूना विद्यालय बनाउने उद्घोष गरेका हुन् । उनले चालू आवमा नेपाल सरकारले पोखरियामा नमूना विद्यालयका लागि दुई करोड रकम विनियोजित गरेर पठाएको तर सो रकम पोखरिया नपामा रहेका २४ वटा विद्यालयलाई दामासाहीले वितरण गरिएका कारण नमूना विद्यालय बनाउने सरकारको सपना साकार हुन नसकेको बताए । उनले आगामी बजेटमा सरकारले पठाएको रकम सोही परियोजनामा मात्र खर्च हुने जानकारी गराए ।

उनले जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालयमा भएका समस्याहरू समाधान गर्ने आश्वासन पनि दिए ।

भौतिक पूर्वाधार निर्माण अन्तर्गत विद्यालय भवन, शौचालय निर्माण तथा शिक्षकहरूको समस्या समाधान गरिने आश्वासन दिए । उनले शिक्षकहरू दरबन्दी अनुसार बहाल गरिने बताए ।

विद्यालयका प्रअ ओमप्रकाश रौनियारको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपप्रमुख रूबि ठाकुर र वडा नं १ देखि १० का वडाध्यक्ष, शिक्षक, अभिभावकहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here