प्रस, वीरगंज, २८ जेठ/

बाराको परवानीपुर गाउँपालिका– ५ नौतन–बहुअरीमा शनिवार भएको रक्तदान कार्यक्रममा पाँच महिलासहित १०१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डले बताए ।

स्वच्छ समाज युवा क्लब नौतन बाराले शिव–पार्वती तथा श्री रामजानकी मन्दिरमा आयोजना गरेको कार्यक्रममा राजेश्वर दास, नीरजकुमार साह, ओमप्रकाश महतो, हरिशङ्कर साह, रितेश पटेल, राजेश दास, राजकुमार सिंह, मुकेशसाह कानू, रामजी दास, विजय कुमार साह, अनिलप्रसाद कुर्मी, संदिप कुमार साह, ललितादेवी, सञ्जितादेवी, बबितादेवी, सवितादेवी, अनिलकुमार साह, सुरज साह, नूरअहमद आलम, राजेश पटेल, दिपेश सहनीलगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए ।

सञ्जु साहको अध्यक्षता र सङ्घीय सरकारको वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो । प्रमुख अतिथि मन्त्री यादवले रक्तदान संसारकै सबैभन्दा ठूलो सामाजिक कार्य भएको हुनाले यस्ता कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल बार एसोसिएशनका पूर्व केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह, अजय पटेल, रामेश्वरसाह कलवार, आनन्द यादव, डा. प्रमोद यादव, क्लबका अध्यक्ष भुपेन्दर पटेललगायत उपस्थित थिए ।

कार्यक्रमको सहजीकरण त्रिलोक प्रताप सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here