प्रस, वीरगंज, २७ जेठ/

वीरगज महानगरको विभिन्न टोलको सरसफाइ तथा छाडा चौपायाको कारण कुरूप बन्दै गएपछि अहिले टोलवासी सक्रिय भएका छन् ।

छाडा चौपाया नियन्त्रण तथा फोहर व्यवस्थापनका लागि सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली, त्रिमूर्ति टोल सुधार समिति, नगर प्रहरी र वडा प्रहरी कार्यालय श्रीपुरले शुक्रवार माइकिङ गर्दै सचेतना ¥याली निकालेको थियो ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजको श्रीपुर, मुर्लीका विभिन्न टोलहरूमा घरआँगन सफा राख्न, जथाभावी फोहोर नफाल्न, तोकिएको समय र ठाउँमा फोहर फाल्न एवं जथाभावी पशु चौपाया नछोड्न आग्रह गर्दै माइकिङ गरिएको केन्द्रका सचिव दिलीप प्रधानले जानकारी दिए । उचित ठाउँमा फोहर नफ्याँके दण्ड–जरिवाना पनि हुने उनले बताए ।

नगरवासीले आफैं फोहर व्यवस्थापन गर्न नसके एक्लो महानगरले फोहर व्यवस्थापन गर्न नसक्ने उनले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश शर्मा, वीरगंज महानगरपालिकाका नगर प्रहरी, वडा प्रहरी कार्यालय श्रीपुरका सुरक्षाकर्मी, सामुदायिक सेवा केन्द्र श्रीपुरका पदाधिकारीहरूको उपस्थितिमा  सचेतना कार्यक्रम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here