• डा शिवशङ्कर यादव

हाम्रो सभ्यतामा धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र युद्धकी देवी काली तथा देउता कार्तिकेय हुन् । त्यस्तै मङ्गलको देउता गणेश, सङ्कटको देउता हनुमान, स्वास्थ्यको देउता धन्वंतरी र अश्विनी कुमार हुन् । स्याहारको देउता विष्णु, संहारको देउता शङ्कर र सृष्टिको देउता ब्रह्मा हुन् । तर स्वच्छताको छुट्टै देवी वा देउता भएको मलाई थाहा छैन । मिश्रमा स्वास्थ्यको देउता थिए होरस । लडाइँमा उनको बायाँ आँखा नष्ट भए पनि चमत्कारी तरीकाले फेरि जस्ताको त्यस्तै भयो । त्यसपछि उनको आँखा सौभाग्य र स्वास्थ्यको सूचकको रूपमा मान्न थालियो । उनको त्यो आँखा मिश्रवासीहरूले स्वास्थ्यको लागि आज पनि आफ्नो जन्तर, औंठी, भाँडा आदिमा प्रयोग गरेको पाइन्छ । एलोपैथी डाक्टरहरूले प्रेस्क्रिप्सन लेख्नुभन्दा पहिले जुन आरएक्स लेख्छन् त्यो तिनै होरसको आँखाको सङ्क्षिप्त रूप हो । यसको मतलब हो कि ओषधिको आधारमा होरसको आँखाको कृपाले बिरामी ठीक होस् । त्यस्तै ग्रीसमा स्वास्थ्यको देउता असक्लेपियस हुन् जो अपोलोका छोरा हुन् । उनकी चार छोरी हाइजिया, इसिरीच, ओसिरीच र पनासिया थिए र अनेक छोराहरू थिए । छोरीहरूमा हाइजियालाई ग्रीसमा स्वच्छताकी देवी मानिन्छ र उनको चित्र मन्दिरको मूल ढोकामा आज पनि अङ्कित छ । पनासियालाई औषधिको देवी मानिन्छ । कौडियस एउटा रड वा लठ्ठी हो जसमा लपेटिएका दुर्ई सर्प छन् जसको प्वाँख पनि छ । यसै चिह्नलाई स्वास्थ्य संस्थाहरूले आफ्नो चिह्नको रूपमा प्रयोग गर्छन् । अब यहाँ एउटा कुरा आउँछ कि स्वास्थ्य र साँपको के साइनो ? तर ग्रीक समाजमा यसको गहिरो अर्थ छ । साँप यस्तो विषधर हो, जसले आफ्नो विषको एन्टि–विष पनि राखेको हुन्छ । यसको अलावा साँपले काँचुली छोडेपछि बिल्कुल नयाँ हुन्छ । ग्रीकहरूले बिरामी मानिस पनि चिकित्सापछि बिल्कुल नयाँ हुने ठान्छन् । साँप जसरी लामो जीवन प्राप्त गर्छ, त्यसरी नै बिरामी पनि ठीक भएर लामो जीवन प्राप्त गरोस् ।

यसरी हाइजियाबाट हाइजिन वा स्वच्छताको प्रादुर्भाव भयो । भन्नु परोइन कि स्वच्छता नै स्वास्थ्यको कुञ्जी हो । स्वच्छता छैन भने वायु, पानी, भोजन वा आवास केहीले पनि स्वास्थ्य प्रदान गर्न सक्दैन । स्वास्थ्यको लागि स्वच्छ हावा चाहियो, जसलाई अनेक प्रकारले शुद्ध पारिन्छ । पानी, भोजन र आवासबारे पनि यही कहानी छ । ती हाइजेनिक छैन भने काम लाग्दैन । स्वच्छताको मतलब आफूलगायत तमाम वातावरण जसले हामी घेरिएका छौं, सबैको स्वच्छता हो । अतः स्वच्छता दुर्ई प्रकारको हुन्छ ः व्यक्तिगत सफाइ र वातावरणको सफाइ । व्यतिगत सफाइमा हिन्दूहरू धेरै अगाडि छन् । उनको सबै संस्कार सरसफाइ र स्नानविना सम्पन्न हुँदैन । हिन्दीमा एउटा उखान प्रसिद्ध छ–

वासी पानी जो पिये नित उठ हर्रे खाय

मोटी दतुवन जो करे ता घर वैद्य न जाय ।

यसमा बासी पानी किन भनियो सोच्ने विषय हो । ताजा पानी पनि त भन्न सकिन्थ्यो । अहिले हरेक चिकित्सकले खाली पेट एक गिलास ताजा पानी खान सिफारिश गर्छन् नै । जमाना पहिले पानी ल्याउन नदी जानुपथ्र्यो । पछि इनारमा पानी भर्न जानुपथ्र्यो । आज पनि राजस्थानमा एउटा महिलाको जिन्दगी पानी ओसार्नमैं बित्छ । ताजा पानी भनियो भने कति झन्झटिलो हुन्थ्यो ? त्यसैले बासी पानी भनियो होला । बोतलमा पानी बन्द गरेर अमेरिका लगे पनि खराब हुँदैन । बासी पानीमा पनि कुनै खोट छैन । एवम्रीतले हिन्दूहरू दतिउन र दाँत सफा गर्न सजग छन् । तर मुसलमानहरूमा के देखिन्छ भने एउटै दतिउनले महीना दिन दाँत माझ्छन् । यो ठीक होइन । लौंगयुक्त आधुनिक ब्रश पनि लाभदायक हुन्छ । हिन्दूहरूले नुन र तेलको पनि सामथ्र्य बुझेका छन् । दुवै मिसाएर दाँत माझ्ने गर्छन् जसले दाँतलाई मजबुती प्रदान गर्छ । तर यति हुँदाहुँदै पनि केही अज्ञानता अवश्य छ । अब त्यो जमाना छैन जब नदीको पानी खाने गरिन्थ्यो । त्यो धेरै विकारग्रस्त भइसके पनि गाउँका मानिस त्यही नदी र पोखरीमा स्नान गर्छन् जसमा गाई भैंसीलाई पनि नुहाउने गरिन्छ र कपडा समेत धोइन्छ । यो कति खतरनाक हुन्छ भने मेरो छोरोको उदाहरणले बुझ्न सकिन्छ । फोहोर तलाउमा नुहाएपछि त्यसको पाकेको कानको घाउमा माटो पस्यो र त्यही टेटनसको कारण बन्यो । अतः यसको लागि अब बाथरूमको नै प्रयोग गर्नुपर्छ । ट्वायलेट आधुनिक विज्ञानको वरदान नै हो । साबुन वा सैम्पु सधैं होइन सप्ताहमा एक चोटी मात्र प्रयोग गर्नु बेस हुन्छ । सधैं प्रयोग गरियो भने छाला खस्रो हुन्छ । यस्तोमा तेल लगाएर नुहाउँदा ठीक हुन्छ । व्यक्तिगत सफाइ सबभन्दा ठूलो कुरा हो ।  खानुभन्दा अगाडि हात अनिवार्य सफा गर्नुपर्छ । यो सफाइ केवल पानीले होइन साबुन पानीले गर्नुपर्छ । नङ समय समयमा काट्नु किन आवश्यक छ भने हामी चम्चा प्रयोग नगरेर हातले खान्छौं । काइँयोले कपाल कोर्नु पनि सफाइ अन्तर्गत नै आउँछ । नुहाएपछि र समय–समयमा कपाल कोर्नाले टाउकोमा रक्त सञ्चार भइरहन्छ । खाना र भान्साको सफाइमा पनि हिन्दूहरू अब्बल छन् । उनको भान्सामा घरबाहेकको मानिस छिर्न सक्दैन । पहिले–पहले फुसको घरको भान्सालाई नित्य गाईको गोबरले नलिपी र चुलोको पूजा नगरी पकाउने काम हुन्थेन । ब्राह्मणहरूले त पवित्रताको चरम नै पु¥याए । उनी पकाएको खाना पनि खान्नथे । त्यसलाई छुवाछूत भनेर अस्वीकार गर्न सकिंदैन । आज त्यसको आलोचना गरे पनि त्यो स्वास्थ्यको औचित्य लिएको र सही छ । आज पनि कोरोनाकालमा हामी हेरिसकेका छौं । डाक्टर नर्सलाई घर भित्र आउन नदिने घरबेटीको उदाहरण सुनिएकै कुरा हो । जब आज यस्तो छ भने जमाना पहिले यस्तो नभएको कसैले भन्न सक्दैन । पहिले जमानामा पनि कोरोनाजस्तै कतिपय रोग व्याप्त थियो । आज पनि चिकित्सकले रोगीपिच्छे जाँच गर्दा हात धुने गर्छन् । यदि यो सही हो भने पुर्खाले गरेको काम कसरी गलत हुन सक्छ ? दलितलाई पायखाना सफाइमा वा मरेको जनावर मिल्काउने काममा लगाउनु बरु अपराध ठहरिन्छ । तर त्यसै कारणले त्यस व्यक्तिलाई भान्सामा पस्न नदिनु र छोएको नखानु स्वास्थ्य–सजगताको दृष्टिले अपराध होइन । खानालाई राम्ररी ढाकेर राख्नु र ताजा खाना खाने बानी बसाल्नुपर्छ । फ्रिजको खाना स्वास्थ्यको दृष्टिले ठीक हुँदैन तर आधुनिक आपाधापीमा मानिस यस्तो खाना खान बाध्य छ, जो कदापि ठीक होइन । राइस कुकर प्रयोग गर्नु बरु ठीक छ जसमा दिनभरि खाना ज्यूँका त्यूँ तातो र ताजा रहन्छ ।

वातावरणको सफाइमा नदी, पोखरा, इनार आदि सबैको सफाइ आउँछ जिसको जटिल प्रक्रियाको वर्णन छुट्टै विषय हो । तर आज यो जान्न आवश्यक छ कि यसमा मुख्यरूपले गाउँ र शहरको सफाइमा फोहोर दुर्ई प्रकारको हुन्छ ः सालिड वा ठोस फोहोर र सिवेज अथवा अत्यधिक पानी मिसिएको फोहोर । ठोस फोहोरलाई रिफ्युज भनिन्छ । यो फोहोर नित्य बढारेर जम्र्मा गरिन्छ । यो रिफ्युज जहाँबाट जम्मा गरिन्छ त्यसको नाम पनि तत्तत् नै हुन्छ । यथा, गली र सडकबाट एकत्रित फोहर स्ट्रिट रिफ्युज, बजारको मार्केट रिफ्युज, फैक्टरीको इन्डस्ट्रियल र घरघरबाट सङ्कलितलाई होम रिफ्युज भनिन्छ । जनशक्ति लगाएर यो जम्मा गरिन्छ । यसमा बजार र घरबाट सङ्कलित फोहोरमा तरकारीको पनि फोहोर हुन्छ जसलाई गार्वेज भनिन्छ जुन बढी हानिकारक हुन्छ । अतः यसलाई छुट्टै एकत्रित गर्नुपर्छ । यसरी यी फेहोरलाई एक ठाउँमा जम्मा गरी टाढा मिल्काइन्छ, जमीनमा गाडिन्छ वा कम्पोस्ट बनाइन्छ । सिवेज त्यो दूषित पानी हो जसमा ९९.९ प्रतिशत पानी र बाँकी ०.१ प्रतिशत मात्रै फोहोर हुन्छ, जसमा मल र यस्तै पानीमा मिसिन सक्ने फोहोर हुन्छ । यो कति खतरनाक हुन्छ भन्ने तथ्य त यसैले पत्ता लाग्छ कि एक ग्राम मान्छेको मलमा १००० मिलियन इ.कोलाई,१०० मिलियन स्ट्रेप्टोकोकस र अन्य जीवाणु हुन्छ । एउटा मानिसले औसत १०० ग्राम मल त्याग गर्छ भने सोच्नुस् त्यसमा कति रोगको कीटाणु हुन्छ होला । त्यसैले त काठमाडौंमा एक थोपा पनि ढलको पानी खानेपानीमा मिसियो भने शहर नै त्राहिमाम हुन्छ । अतः ढल र खानेपानीको पाइप कदापि साथसाथ फिट गर्नुहुँदैन । यस्तो सिवेजलाई राम्ररी ट्रिटमेन्ट नगरी  नदीमा छोडिन्छ । यसैले सिरिसिया नदी कति फोहोर भएको छ भन्ने पत्ता लाग्छ । यसले गङ्गालाई पनि छोडेको छैन । खर्बौं रुपियाँ खर्च गरेर पनि गङ्गा सफाइमा सफलता हात लागेको छैन । इन्डस्ट्रियल सिवेज त झन् खतरनाक हुन्छ । कल्पना गर्नुस् कि विनाट्रिटमेन्ट नदीमा छोड्नु कति ठूलो पाप हो । हुनत मुम्बईको सिवेज विनाट्रिटमेन्ट अरब सागरमा छोडिन्छ जुन अवाञ्छनीय त हो तर समुद्रको डाइल्युशन पावर धेरै बढी हुन्छ । त्यसलाई हाम्रो सानो नदीसित दाँज्नु महाभूल हो । यी ट्रिटमेन्टका पनि अनेक विधि हुन्छ जसको यहाँ उल्लेख गर्न जरूरी छैन ।

बस यति सम्झनुस् कि व्यक्तिगत र वातावरणीय सफाइ, शुद्धता र शुचिताविना स्वस्थ जीवनको कल्पना गर्नै सकिंदैन । इति !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here