प्रस, ठोरी, २६ जेठ/
पर्साको ठोरी गाउँपालिका–३, शिकारीबासमा चैते धान पाक्ने बेला भएपछि हात्तीले दुःख दिन शुरु गरेको छ । बुधवार राति चितवन राष्ट्रिय निकुञ्जबाट प्रवेश गरेको हात्तीले शिकारीबासमा लगाइएको चैते धान बालीमा क्षति पु¥याएको स्थानीय ओमप्रकाश चौधरीले बताए ।
बुधवार राती झुण्डमा गाउँँ पसेको हात्तीको बथानले चैते धान बाली नष्ट गरेको उनले बताए । गएराति चितवन राष्ट्रिय निकुञ्जबाट पसेको जङ्गली हात्तीले स्थानीय कृषकहरूको धान बाली कुल्चेर नष्ट पारेको छ । केही दिनपछि भदई धान काट्ने बेला भएकोले हात्तीको झुन्डले धान नोक्सान पार्न थालेपछि शिकारीवासका कृषकहरू चिन्तित छन् । किसान ओमप्रकाश चौधरीको करीब ५ कट्ठा खेत हात्तीले कुल्चेर नष्ट गरेको छ ।
जङ्गलको सिमानासँग जोडिएको शिकारीबासको खेतीवारीमा चैत धान पाक्ने क्रममा छ र यहि बेला दैनिकी जसो बँदेल, नीलगाई, हात्तीलगायत जनावरहरूले दुःख दिन थालेको स्थानीयबासीले बताए । जङ्गली जनावरबाट धान बाली जोगाउंन कृषकहरूले अहिले राती जाग्राम बस्न शुरु गरेका छन । हात्ती, बँदेल, नीलगाईबाट धान बाली जोगाउन दर्जनौं किसानहरू रूखमा मचान बनाई बस्ने गरेका छन् ।
ठोरी गापाको निर्मल बस्तीबाट उत्तरतर्फ घना जङ्गल छ र सो जङ्गलभित्र चितवन र पर्सा राष्ट्रिय निकुञ्जको दोसाँधमा शिकारीबास गाउँ छ ।