बेइजिङ, २६ जेठ/सिन्ह्वा

चिनियाँ राष्ट्राध्यक्ष सी जिन पिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णय अनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेको चीनको शीर्ष व्यवस्थापिकाले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवनियुक्त राजदूतहरूमा सन हाइयानलाई सिंगापुरका लागि चिनियाँ राजदूतको जिम्मेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ । त्यसैगरी झाङ जियानवेईलाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ भने झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको  छ । वाङ सुइकुनलाई रुवान्डाका लागि राजदूत नियुक्त गरिएको छ भने लु शानलाई बुर्किना फासोका लागि राजदूत नियुक्त गरिएको छ ।

राष्ट्रपति सीले झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन् । त्यसैगरी हान चुनलिनलाई रोमानियाका लागि राजदूत नियुक्त गरिएको छ भने वाङ टोङकिङलाई फिनल्यान्डका लागि राजदूत नियुक्त गरिएको छ । जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको  विज्ञप्तिमा जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here